टिभीएसले नेपालमा दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्यो


काठमाडौँ
दुई पांग्रे तथा तीन पांग्रे सवारी साधन क्षेत्रमा विश्वकै अग्रणी अटोमोबाइल निर्माता टिभीएस मोटर कम्पनी (टिभीएसएम)ले नेपालमा टिभीएस अपाचे आरटिआर १६० २ भोल्ट फाइ र टिभीएस रेडर आइगो भव्य रूपमा सार्वजनिक गरेको छ । यी मोडलले नयाँ प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

प्रसिद्ध अपाचे सिरिज अन्तर्गतको टिभीएस अपाचे आरटिआर १ सय ६० २ भोल्ट फाइ बलियो रेसिङ परम्परा बोकेको मोटरसाइकल हो । यसमा डुअल डिस्क ब्रेक, सिंगल–च्यानल एबीएस, कनेक्टेड डिजिटल क्लस्टर, एएचओ एलईडी हेडलाइट तथा अर्बन, स्पोर्ट र रेन गरी तीन राइड मोड रहेका छन्। रोमाञ्चसँगै दैनिक सवारीका लागि समेत उपयुक्त यो मोडललाई विश्वभर ६५ लाखभन्दा बढी ग्राहकहरूले रोजिसकेका छन् ।

यस्तै, युवामुखी टिभीएस रेडर आइगो मा टीएफटी डिजिटल क्लस्टर, आइगो स्टार्ट–स्टप प्रविधि, स्पोर्टी स्प्लिट सिट, दमदार डिजाइन र सहज सवारी अनुभव जस्ता विशेषता समावेश छन् । कम्यूटर सेग्मेन्टलाई नयाँ परिभाषा दिने लक्ष्यसहित आएको यो मोटरसाइकल विशेष गरी जेन–जेड राइडरहरूलाई लक्षित गरिएको छ ।

टिभीएस अपाचे आरटिआर १६० २ भोल्ट फाइ तीन रंगमा – म्याट ब्लु, रेसिङ रेड र ब्ल्याक – उपलब्ध हुनेछ भने रेडर आइगो नार्डो ग्रे र विकेड ब्ल्याक गरी दुई रंगमा आउनेछ ।

टिभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय विभागका वरिष्ठ उपाध्यक्ष राहुल नायकले भन्नुभयो,“नेपालका ग्राहकले शैली, प्रविधि र प्रदर्शनलाई प्राथमिकता दिन्छन् । नयाँ रेडर आइगो र अपाचे आरटिआर १६० २ भोल्ट फाइले अत्याधुनिक सुविधा, कनेक्टेड प्रविधि र अद्वितीय सवारी अनुभव दिनेछन् । हामीलाई विश्वास छ, यी मोटरसाइकलहरू छोटै समयमै ग्राहकहरूको पहिलो रोजाइ बन्नेछन्।”

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक साहिल अग्रवाल र निर्देशक अखिल गुप्ताले भन्नुभयो, “नेपालमा टिभीएस मोटरले यी दुई मोडलमार्फत नयाँ र उत्साहजनक अध्याय सुरु गरेको छ । यी मोटरसाइकलहरूले उत्कृष्ट प्रदर्शन र डिजाइनसँगै युवा राइडरहरूको बदलिँदो लक्ष्यलाई प्रतिबिम्बित गर्छन्।”

हाल नेपालमा टिभीएसका ६० भन्दा बढी बिक्री केन्द्र र २६ सेवा केन्द्र सञ्चालनमा छन् । कम्पनीले विश्वभरका ८० भन्दा बढी देशमा आफ्ना उत्पादनहरू बिक्री गर्दै आएको छ ।