काठमाडौँ
टाटा मोटर्सका टाटा जेन्युइन पाट्र्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पाट्र्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स प्रालिले पर्व लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले दशैँ, तिहार र छठ पर्वको अवसरमा “पर्वको बेला टाटा जेन्युइन पाट्र्सको मेला ः प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” नामक विशेष अफर ल्याएको हो ।
कम्पनीले केही समयअघि संवेदनशील परिस्थितिका कारण स्थगित गरेको योजना पुनः सुरु गर्दै ग्राहकलाई आकर्षक पुरस्कारसहित उपहार प्रदान गर्ने घोषणा गरेको हो । यस योजना अन्तर्गत प्रत्येक खरिदमा ग्राहकहले ग्यारेन्टीसहित एक हजार रुपैयाँसम्मको क्यासब्याक कुपन प्राप्त गर्नेछन् । साथै, लक्की ड्रमार्फत विभिन्न पुरस्कार जित्ने अवसर पनि रहनेछ ।
पुरस्कार योजनाअनुसार एक लाख रुपैयाँभन्दा बढीको खरिदमा बम्पर उपहारका रूपमा १५० सिसिको बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । त्यस्तै, ७५ हजार रुपैयाँभन्दा बढीको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर, २५ हजार रुपैयाँभन्दा बढीको खरिदमा स्मार्ट टिभी र पाँच हजार रुपैयाँभन्दा बढीको खरिदमा स्मार्टफोन पाउने व्यवस्था गरिएको छ ।
सक्कली टाटा जेन्युइन पाट्र्सले गाडीका इन्जिन, ब्रेक, क्लचलगायतका महत्वपूर्ण अङ्गहरूको दीर्घकालीन संरक्षण गर्ने मात्र होइन, मर्मत खर्चमा बचत र गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउने कम्पनीको दाबी छ । यसै विश्वासलाई अझ मजबुत बनाउन र ग्राहकलाई लाभान्वित गर्न सिप्रदी अटोपाट्र्सले यो योजना ल्याएको जनाएको छ ।











प्रतिक्रिया