काठमाडौँ
प्रोटोन नेपालले नेपाली ईभी बजारमा आफ्नो उपस्थिति झन् सबल बनाउँदै बुटवलमा शो–रुम उद्घाटनअघि नै १० युनिट प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभी ग्राहकलाई हस्तान्तरण गरेको छ । बालाजी ई अटोमोबाइल्ससँगको साझेदारीमा सञ्चालन हुन लागेको यो नयाँ शो–रुम बुटवल–भैरहवा क्षेत्रका लागि ईभी बिक्री र सेवाको प्रमुख केन्द्र बन्नेछ ।
यसअघि पोखरामा सम्पन्न सामूहिक हस्तान्तरणपछि आएको यो उपलब्धिले प्रोटोन इमास ७ को लोकप्रियता काठमाडौंबाहिर पनि तीव्र गतिमा बढिरहेको देखाएको छ । धेरै ग्राहकहरूले शो–रुम उद्घाटन पर्खनुभन्दा पहिले नै आफ्नो गाडी सुरक्षित गर्न अग्रसर भएको कम्पनीले जनाएको छ ।
नेपालका लागि प्रोटोनका आधिकारिक वितरक जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भन्नुभयो, “शोरुम उद्घाटन हुनुअघि नै बुटवलका १० परिवारले आफ्नो प्रोटोन इमास ७ घर लैजाने अवसर पाउनु हाम्रो लागि गौरवको क्षण हो । यसले नेपाली ग्राहकले विश्वस्तरीय प्रविधि, सुरक्षा, सुविधा र हाम्रो ग्राहकलाई प्राथमिकता दिने नीतिमा विश्वास गरेको प्रष्ट हुन्छ,” भन्दै आगामी दिनमा अझ व्यापक सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रोटोनले शून्य प्रतिशत ब्याजदरमा वित्तीय सुविधा, आकर्षक वारेन्टी र भरपर्दो सेवा सञ्जालमार्फत ग्राहकलाई सहजता दिने योजना अघि सारेको छ । चीनको अग्रणी ईभी निर्माता जीलीको संयोजनमा बनेको प्रोटोन इमास ७ ले आधुनिक डिजाइन, उच्चस्तरीय सुरक्षा र स्मार्ट सुविधासहित नेपाली ईभी पारखीहरूको मन जितिरहेको छ ।











प्रतिक्रिया