काठमाडौँ
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., नेपालमा हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरकले भाद्र २०, २०८२ मा श्रीपुर, मुर्ली, वीरगंज–११ मा आफ्नो नयाँ हुन्डाई शोरूमको औपचारिक उद्घाटन गरेको छ । यसले वीरगंज, सिमरा, कलैया, चन्द्रनिगाहपुर र अन्य नजिकका क्षेत्रका ग्राहकहरूको लागि हुन्डाईका प्रिमियम गाडीहरू र सेवा उपलब्ध गराउन महत्वपूर्ण कदम लिएको छ ।
वीरगंजको यो नयाँ शोरूम आधुनिक पूर्वाधारसहित निर्माण गरिएको छ, जसले स्थानीय ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्दछ । यस उद्घाटनले नेपालभरि आफ्नो नेपालमा पहुँच विस्तार गर्ने र ग्राहकहरूलाई थप सहजता प्रदान गर्ने हुन्डाईको प्रतिबद्धतालाई झल्काउँछ ।
हुन्डाई लामो समयदेखि नेपालका सबैभन्दा विश्वासिलो अटोमोबाइल ब्रान्डमध्ये एकको रूपमा मानिन्छ, जसले ग्राहकलाई उत्कृष्ट गुणस्तरका, सुरक्षित र उच्च प्रदर्शन भएका गाडीहरू उपलब्ध गराउँदै आएको छ ।
रामग्राम, नवलपरासीमा नेपालको पहिलो चार–पाङ्ग्रे गाडी असेंब्ली प्लान्टको सुरुवातसँगै लक्ष्मी ग्रुपले देशको अटोमोबाइल क्षेत्रमा हुन्डाईको नेतृत्वलाई अझ बलियो बनाएको छ ।
वीरगंज शोरूमको उद्घाटन हुन्डाईको देशभरि उत्कृष्ट यातायातका विकल्पहरू प्रदान गर्ने ठूलो योजनाको एक हिस्सा हो, जसलाई बढ्दो बिक्री सञ्जाल, सर्भिस सेन्टर र ग्राहक सेवा सम्पर्क बिन्दुहरूले सहयोग गर्दै आएका छन् । यस उपलब्धिसँगै, हुन्डाईले नेपालभरिका ग्राहकहरूका लागि विश्वास र उत्कृष्टता कायम राख्दै, उन्नत, दिगो र प्रिमियम गुणस्तरका गाडीहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।











प्रतिक्रिया