काठमाडौँ
टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले नजिकिँदै गरेको चार्डपर्वलाई लक्षित गर्दै ‘प्रि – फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम भाद्र २० र २१ (सेप्टेम्बर ५ र ६ ) दुई दिन सञ्चालन हुनेछ ।
यस अवसरमा ग्राहरूले टाटाका नयाँ इलेक्ट्रिक मोडल तथा आईसिई मोडलका गाडीको संयुक्त प्रदर्शनी अवलोकन गर्नुका साथै, ती गाडी टेस्ट ड्राइभको गर्दै विशेष अफरहरुको साथ गाडी बुक गर्न सक्नेछन् ।
प्रदर्शनीमा टियागो.ईभी, पञ्च.ईभी, नेक्सन के ३.ईभी, कर्भ.ईभीलगायतका लोकप्रिय इलेक्ट्रिक गाडी राखिएका छन् । त्यस्तै, आईसिई मोडेलमा टाटाका टियागो, पञ्च, नेक्सन र टाटा सफारीसमेत राखिएका छन् । यी मोडलले किफायतीदेखि प्रिमियम सेग्मेन्टसम्मका ग्राहकलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ ।
ग्राहकलाई थप आकर्षित गर्न टाटा मोटर्स नेपालले ‘प्रि – फेस्टिभ फियस्टा’मा विभिन्न सुविधाः जसमा लाइफटाइम फ्री डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट,फ्री कम्पर्हेन्सिभ अटो प्लस इन्स्योरेन्स, फ्री एसोसोरिज, एक वर्षको निःशुल्क वार्षिक सवारी कर, र फ्रि होम चार्जिंग इंस्टॉलेशन समावेश गरिएका छन् ।











प्रतिक्रिया