हुन्डाई क्रेटास् एक दशकको विश्वास, नेपालमा १० वर्षको यात्रा मनाउँदै


काठमाडौँ
नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले सेप्टेम्बर २०२५मा हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाएको छ ।

नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको छ ।

क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट पफर्मेन्स मार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको छ । वर्षौंदेखि यसका विभिन्न मोडल तथा अपग्रेड सार्वजनिक भएका छन् । जसले हरेक चोटि पफर्मेन्स र स्टाइल मा नयाँ मापदण्ड स्थापना गरेको छ । क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरण मैत्री यात्रालाई एक साथ अगाडि बढाएको छ । अहिलेसम्मको यात्रामा, क्रेटाले नेपालका सडकमा हजारौँ परिवारलाई भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको छ ।

यस महत्त्वपूर्ण अवसरमा, हुन्डाई नेपाल, क्रेटाको सफलताको लागि सम्पूर्ण ग्राहकवर्ग, डिलर तथा साझेदारलाई हार्दिक आभार व्यक्त गर्दछ । आगामी दिनमा पनि आधुनिक प्रविधि र प्रतिबद्धताका साथ, हुन्डाईले नेपालमा समृद्ध जीवन र दिगो यात्राको भविष्य निर्माणमा साथ रहने लक्ष्य राखेको छ ।