यामाहा नेपालद्वारा गोरखामा नयाँ शो रुमको उद्घाटन


काठमाडौँ
यामाहा नेपालले गोरखा ६ मा अवस्थित आफ्नो नयाँ थि। ए; फ्यासिलिटी (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) चन्दा सप्लायर्स गर्वका साथ शुभारम्भ गरेको छ ।

नयाँ शो रुमको औपचारिक उद्घाटन गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले गर्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथिका रूपमा एमए डब्ल्यू राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल पनि उपस्थित थिए ।

अत्याधुनिक पूर्वाधार र समर्पित टोलीसहित चन्दा सप्लायर्सले यामाहाको विश्वासिलो अनुभव एउटै छानामुनि उपलब्ध गराएको छ । यसमार्फत ग्राहकले सम्पूर्ण बिक्री परामर्श, भरपर्दो बिक्रीपछिको सेवा तथा जेनुइन स्पेयर पाट्र्स एकै स्थानमा पाउने छन् ।

उत्साहमा थप वृद्धि गर्दै, यामाहा नेपालले उद्घाटन समारोहकै अवसरमा आफ्ना लोकप्रिय एफ जे६ र एमडी श्रृंखलाका नयाँ भेरियन्ट सार्वजनिक गर्यो । यी नयाँ मोडलहरूले ताजा शैली र नेपाली राइडरहरूलाई लक्षित प्रविधि–सम्पन्न सुविधाहित यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएका छन् ।

कार्यक्रममा दीपक कुमार अग्रवालले भन्नुभयो, ’गोरखामा यो नयाँ शो रुम यामाहाका उच्च प्रदर्शनयुक्त उत्पादन र उत्कृष्ट सेवालाई ग्राहकहरूको अझ नजिक ल्याउने यात्रामा अर्को महत्वपूर्ण कदम हो । नयाँ एफ जे६ र एमडी भेरियन्टको लन्चसँगै, हामी गोरखा तथा आसपासका राइडरलाई शैली, प्रदर्शन र भरोसाको संयोजन भएका अझ धेरै विकल्पहरू प्रदान गर्दैछौँ । हामी ग्राहकको सेवा, पूर्वाधार र प्राविधिक दक्षतामा उच्चतम मापदण्ड कायम राख्दै सञ्जाललाई निरन्तर विस्तार गर्न प्रतिबद्ध छौँ ।’

त्यसैगरी, चन्दा सप्लायर्सका कार्यकारी निर्देशक श्री चन्दन बाबु खत्रीले उच्च गुणस्तरका यामाहा दुईपांग्रे सवारी साधन उपलब्ध गराउने मात्र नभई भरपर्दो बिक्रीपछिको सेवामार्फत उत्कृष्ट ग्राहक अनुभव दिने लक्ष्य समेत राखेको बताए ।

उनले हरेक ग्राहकसँग दीर्घकालीन विश्वास कायम गर्न बिक्रीदेखि सेवा र त्यसपछि पनि विभिन्न चरणसम्म सन्तुष्टि सुनिश्चित गर्ने बताए ।

नयाँ शो रुमको उद्घाटन र नयाँ एफ जे६ र एम६ी भेरियन्टको लन्चसँगै यामाहा नेपालले आफ्नो फैलिँदै गएको डिलर सञ्जाललाई अझ सशक्त बनाएको छ । अब गोरखा तथा आसपासका क्षेत्रका ग्राहकहरूले यामाहाका सम्पूर्ण मोटरसाइकल, स्कुटर, विज्ञ सेवा र स्पेयर पाट्र्स सहजै प्राप्त गर्न सक्नेछन् ।

एमए डब्ल्यू राइड्स अन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण नेपालको सबैभन्दा विश्वासिलो दुई–पांग्रे ब्रान्डमध्ये एकको रूपमा आफ्नो अग्रस्थान कायम राख्दै आएको छ ।