नाडा अटो शो २०२५ भव्यताकासाथ सम्पन्न


काठमाडौँ 

माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा आज मिति २०८२ भाद्र ८ गतेबाट प्रायोजित नाडा अटो शो २०२५ को समापन कार्यक्र काठमाण्डौको भृकुटी मण्डप परिसरमा भव्यताकासाथ सम्पन्न भएको छ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुभारम्भ भएकोे यस १७औं संस्करणको नाडा अटो शो २०२५ मा १,७६,७८९ दर्शकहरुले अबलोकन गरेका छन् ।  निकै ब्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी गत बर्षहरुमा भन्दा निकै भब्य रुपमा सम्पन्न मात्र भएको छैन अपितु दर्शकहरुको उपस्थितिको हिसावले यो प्रदर्शनी एतिहासिक बन्न पुगेको छ ।

उडने सवारी साधन, रोवोटिक म्यान र डगका कारणले मात्र होइन थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो बिगतको भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताले समेत टिप्पणी गरेका छन् । सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले अटोमोवाइल व्यवसायलाई मात्र होइन देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन समेत मद्धत पुग्ने हामीले अपेक्षा गरेका छौ । 

अन्तरक्रिया कार्यक्रम सम्पन्न नाडा अटो शो २०२५ को अवसरमा नाडाले हरेक दिन विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको थियो।  नाडा अटो शोको पहिलो दिन अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ता, सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक अटानु गाँगुलीको प्रमुख आतिथ्यतामा इण्टरनेशनल अटो ट्रृेड डायलग विषयमा भएको थियो ।

नाडा अटो शोको दोश्रो दिन इमानसंगको सहकार्यमा उद्योग वाणिज्य मन्त्रालयका सचिव कृष्णवहादुर रावतको प्रमुख आतिथ्यतामा ड्राइभिङ्ग द फयुचर, इभि एडप्सन इन नेपाल विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । नाडा अटो शोको तेश्रो दिन  नेपाल आर्थिक पत्रकार संघसंगको सहकार्यमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसादपाण्डेको प्रमुख आतिथ्यतामा कर्जा नीतिमा स्थिरता, अटोमोवाइल बजारको दिर्घकालिन निकासको आधार भन्ने विषयमा अन्तरक्रिया सम्पन्न भएको थियो । 

 प्रदर्शनीको प्रचार प्रसारको कार्य एभरेष्ट एडले गरेको थियो । सो समापन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई सफल बनाउन सहयोग पुर्याउने सवै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद दिनु भयो । नाडा अटो शो २०२५ सम्पन्न गर्न अध्यक्ष चौधरी कै संयोजकत्वमा नाडा अटो शो २०२५ तयारी समितिसमेत गठन गरेको थियो । उक्त प्रदर्शनीको क्रममा नाडाले सोही परिसरमा लायन्स क्लव अफ काठमाण्डौसंगको सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो ।  ६ दिनसम्म चलेको सो प्रदर्शनीमा देशका विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायणप्रसाद दाहाल माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्र विष्णुप्रसाद पौडेल,

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले अवलोकन गर्नु भएको थियो ।

त्यसैगरी अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी, काठमाण्डौ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोल समेतले अवलोकन गर्नु भएको थियो ।  त्यसैगरी नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णवहादुर रावत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकवहादुर तामाङ्गू, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रवहादुर क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव महेशकुमार भट्टराईू, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी, तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडाल, यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेवलभमेण्ट वोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, कृषि विकास बैकंका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले प्रदर्शनीको अवलोकन गर्नु भएको थियो ।

सोही क्रममा संघ संस्थाहरुकोतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, सार्वजनिक यातायातको केन्द्रीय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनाल, नेपाल बैंकर एशोसिएशनका उपाध्यक्ष सुरेन्द्र रेग्मीुु, सिजी होल्डीङ्गसका अध्यक्ष अरुणकुमार चौधरी, युनाइटेड अजोड

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम, नेप्लिज योङ्ग इण्टरप्रेनर्स फोरमका अध्यक्ष सुदिप घिमिरे महिला राष्ट्रिय फुटवल कप्तान  सवित्रा भण्डारीज्यू र कलाकार सन्दिप क्षेत्रीले समेत नाडा अटो शो २०२५ को अवलोकन गरेका छन । यसै क्रममा अन्तर्राष्ट्रिय क्षेत्रबाट अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ता, सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक अटानु गाँगुलीको प्रतिनिधी मण्डलले नाडा अटो शो अवलोकन गरेका थिए ।