हुन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ को विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण


काठमाडौं ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., नेपालका लागि हुन्डाई गाडीका आधिकारिक वितरकले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ ।

विजेता कुवेरा कन्स्ट्रक्सन प्रा.लि. लाई ८ भदौ २०८२, आइतबार ‘लक्सपिरियन्स २०२५’ को दोस्रो दिन नयाँ हुन्डाई भेन्यू १.२ प्रदान गरिएको छ ।

दशैं–तिहारको अवसर पारेर २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको योजना अन्तर्गत ग्राहकले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड मार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनसजस्ता सुविधा पाएका थिए ।

हुन्डाई नेपालले विजेता कुवेरा कन्स्ट्रक्सनलाई हार्दिक बधाई दिंदै, योजनामा सहभागी सबै ग्राहकप्रति आभार व्यक्त गरेको छ ।