प्रोटोन मलेसिया र जगदम्बा मोटर्सद्धारा संयुक्त वक्तव्य जारी


काठमाडौँ
प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले नेपालको विद्युतीय सवारी भविष्यप्रति संयुक्त प्रतिबद्धता जनाउँदै आपसी साझेदारीलाई अझ सशक्त र विस्तार गर्दै मलेसियामा नै विकास गरिएको पहिलो इलेक्ट्रिक गाडी प्रोटोन इमास ७ को ऐतिहासिक शुभारम्भमार्फत आफ्नो सहकार्यलाई थप बलियो बनाएका छन ।

नोभेम्बर २०१८ बाट शुरु भएको यस साझेदारीले प्रोटोनको विश्वव्यापी पहुँच विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नेपाल एक रणनीतिक विकास बजारको रूपमा उदाएको छ, जहाँ जगदम्बा मोटर्स प्रोटोनका लागि एकमात्र आधिकारिक वितरकको रूपमा सेवा दिइरहेको छ ।

प्रोटोन र गीलीबीचको सहकार्यमा विकास गरिएको प्रोटोन इमास ७ ले विश्वस्तरीय इलेक्ट्रिक सवारी प्रविधि र डिजाइनलाई क्षेत्रीय बजारका आवश्यकताअनुसारको बुझाइसँग संयोजन गरेको छ । यो प्रोटोनको आसियान क्षेत्र र त्यसभन्दा अगाडीको विद्युतीय सवारी रूपान्तरणको नेतृत्व गर्ने लक्ष्यको प्रतीक हो ।

प्रोटोन इमास ७ को नेपालमा औपचारिक शुभारम्भ प्रोटोनका प्रमुख कार्यकारी अधिकृत डाली चुनरोङको उपस्थितिमा काठमाडौंमा सम्पन्न भयो । जहाँ उहाँले समारोहको उद्घाटन गर्नुभयो । यसले नेपाली बजारप्रति ब्रान्डको दीर्घकालीन प्रतिबद्धता स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।

प्रोटोन इन्टरनेशनल कर्पोरेशन एसडीएन बिएचडी (एसडिएन बिएचडी)का प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङले भन्नुभयो, ’हाम्रो साझेदारी जगदम्बा मोटर्ससँग, जुन नोभेम्बर २०१८ देखि प्रोटोनको एकमात्र आधिकारिक वितरक रहँदै आएको छ, प्रोटोन र गीलीबीचको सबल सहकार्यको प्रमाण हो, हामीले संयुक्त रूपमा यस वर्ष मार्चमा मलेसियामा निर्मित पहिलो इलेक्ट्रिक गाडी नेपालमा सफलतापूर्वक भित्र्याएका छौं र हामी हाम्रो संयुक्त विशेषज्ञता र प्रतिबद्धताले ग्राहकहरूलाई बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्नेमा विश्वस्त छौं । हामी नेपाली बजारमा दीर्घकालीन र सफल उपस्थितिका लागि प्रतिबद्ध छौं । विशेष रूपमा उल्लेखनीय कुरा के हो भने, हलसम्म गीलीले नेपालमा गीली–ब्रान्डेड सवारीहरूको कुनै आधिकारिक वा अनुमोदित विक्रेता नियुक्त गरेको छैन । हाम्रो नेपालमा भएको यस साझेदारीमार्फत हाम्रो ध्यान पूर्ण रूपमा प्रोटोन ब्रान्ड र प्रोटोन इमास ७ मा केन्द्रित छ ।’

१४ वर्षभन्दा बढी अटोमोटिभ अनुभवसहित, जगदम्बा मोटर्सले प्रोटोनको नेपालमा सफलताको आधार तयार पार्न महत्वपूर्ण भूमिका निभाएको छ । कम्पनीले ग्राहकहरूलाई सहयोग गर्ने र दीर्घकालीन सहकार्य गर्ने दृढ योजना तयार पारेको छ ।