काठमाडौँ
नाडा अटोशो २०२५ अटोप्रेमीका लागि निकै रोमाञ्चक हुने भएको छ । फोटोन टुनल्यान्ड, माउन्टेन ईभीभ्यान, टीएम१ र सोकोन ईभी भ्यानहरूले ६ दिनसम्म चल्ने यस कार्यक्रमका लागि विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन् ।
यी फोटोन मोडेलले आकर्षक प्राइस इन्सेन्टिभ, गुणस्तरीय उपहार र सर्भिससहित गाडी किन्ने प्रक्रियालाई पहिले भन्दा अझै किफायती बनाउने भएका छन् ।
चारै मोडेलमा आकर्षक छुट दिइएको कम्पनीले जनाएको छ । जसमा केही विशेष मूल्य भने केवल प्रदर्शनी मै सार्वजनिक हुने कम्पनीको भनाइ छ ।
टीएम१ को मूल्य ३३ लाख ७४ हजारबाट घटाएर २६ लाख ९९ हजार गरिएको छ । त्यस्तै, माउन्टेन ईभी र सो कोनईभी भ्यानले पनि विशेष छुट र अफर ल्याएका छन् । फोटोन टुनल्यान्ड पिकअपले चाहिँ बलियो छुटको घोषणा यात अगाडि नै गर्नेछ, या रोमान्चकता बढाउनका लागि स्टलमा गर्ने कम्पनीले जनाएको छ ।
नाडामा फोटोन माउन्टेन ईभी, फोटोन टीएम१ वा सोकोनईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस, र क्यासलेस इन्स्योरेन्सग्यारेन्टीका साथ प्राप्त हुनेछ । साथै, खरिदप्रक्रियालाई सरल बनाउन तीनै मोडेलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहनेछ, जसलेगर्दा ग्राहकले ढिला नगरी आफ्नो मनपर्ने गाडीलिन सक्ने छन् ।
यी संयुक्त अफर बाहेक, हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफर पनि दिएका छन् । फोटोनटुनल्यान्डपिक अप किन्नेलाई ट्राङक्विलिटीस्पा एक्सपिरियन्स वा भाटभटेनीको २५,००० को शपिंग कुपन, साथै ३ वर्ष सम्म पाट्र्ससहितको प्रिभेन्टिभमेनटेनेन्स सर्भिस सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा उपलब्ध हुनेछ ।
माउन्टेनईभी भ्यानमा छुट सहित हरेक खरिदमा ५५ इन्च स्मार्ट टिभी, पाट्र्ससहित ५ पटकसम्म निःशुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपलब्ध हुनेछ । सोकोनईभीभ्यान ले पनि हरेक खरिदमा आकर्षक छुट सँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गर्नेछ।
यी उपहारहरू, विस्तारित सर्भिस प्याकेज, इन्स्योरेन्स र सजिलो फाइनान्स सुविधाले गाडीमात्र नभई सम्पूर्ण गाडी खरिद अनुभवलाई अझ सुखद बनाउने छन् ।
नाडा अटोशो २०२५मा गएर फोटोनको स्टल ए७ मा टुनल्यान्ड पिकअप, स्टल जे४ मा फोटोन माउन्टेन ईभी र टीएम१ एवम्स्टल जे६ मा गए र सोकोन ईभीभ्यानको अवलोकन गर्न अनुरोध गरेको छ ।











प्रतिक्रिया