रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, विभिन्न राजनीतिक मुद्दामा छलफल हुने


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्दैछ ।

बैठकमा निजामति विधेयकको कुलिङ अफ पिरियड छानबिन प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा सांसदहरूको भूमिका, रूपन्देही–३ उपनिर्वाचनको तयारी, उम्मेदवारी चयन तथा विधान संशोधन प्रस्तावबारे छलफल हुने जनाइएको छ । बैठकमा पछिल्लो राजनीतिक परिस्थितिमाथि पनि व्यापक समीक्षा हुने बताइएको छ ।