नाइमा मोबिलिटी एक्स्पो २०२५ मा प्रोटोन ई.मास ७ को भव्य प्रदर्शनी


काठमाडौँ
प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नैमा मोबिलिटी एक्स्पो २०२५ मा सहभागिता जनाउँदै, अत्याधुनिक प्रविधिसहितको प्रोटोन ई.मास ७ को प्रदर्शनी जारी राखेको छ ।

यस अवसरमा कम्पनीले विशेष अफरहरू सार्वजनिक गर्दै नेपालभर सेवा सञ्जाल विस्तार गर्ने आफ्नो रणनीति पनि घोषणा गरेको छ । ई.मास ७ मलेसियाको पहिलो विद्युतीय सवारीका रूपमा नेपाल भित्रिएको मोडल हो, जसले मलेसियामा आफ्नो सेग्मेन्टमा नम्बर १ स्थान प्राप्त गरिसकेको छ ।
सन् २०१८ देखि नेपालमा प्रोटोन गाडीहरूको आधिकारिक वितरकका रूपमा क्रियाशील जगदम्बा मोटर्सले अटोमोबाइल क्षेत्रमा १४ वर्षभन्दा बढीको अनुभव सँगालेको छ । कम्पनीले सन् २०२५ को अन्त्यसम्म देशभर १२ वटा शोरुम तथा सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना अघि सारेको छ, जसअन्तर्गत हाल तीनवटा शोरुमबाट सेवा प्रदान गरिँदै आएको छ ।

शंकर ग्रुपमार्फत जगदम्बा मोटर्सले प्रोटोन ब्रान्डलाई समेटेर नेपालमा व्यापक इभी इकोसिस्टम विकास गर्न विभिन्न पहलहरू गर्दै आएको छ, जसमा प्रामाणिक स्पेयर पाट्र्स, आधुनिक डाइग्नोस्टिक उपकरणहरू, तालिमप्राप्त प्राविधिकको सेवा, सहज वारन्टी दाबी प्रक्रिया र चार्जिङ स्टेसनजस्ता सुविधा उपलब्ध छन् ।

ग्राहक अनुभवलाई अझ सशक्त बनाउन कम्पनीले नैमा एक्स्पोमा विशेष अफरको घोषणा गरेको छ, जसमा शुन्य प्रतिशत ब्याजदरमा ४ वर्षको फाइनान्सिङ (जसअन्तर्गत ६० मिनेटभित्र ऋण स्वीकृत), ब्याट्रीमा ८ वर्षको अनलिमिटेड माइलिज वारन्टी, २.९९ लाख रुपैयाँको सिधा नगद छुट, पुरानो गाडी एक्सचेन्जमा उच्चतम मूल्य, निःशुल्क अटो प्लस बीमा तथा इमास असिस्टेन्ट प्लस जस्ता सेवाहरू समावेश छन् ।

कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले प्रोटोन ई.मास ७ को आगमनसँगै विद्युतीय सवारीलाई नेपाली ग्राहकका लागि थप पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउने प्रतिबद्धता व्यक्त गर्दै, देशको दिगो मोबिलिटी यात्रामा कम्पनीको सक्रिय योगदान रहने बताए ।

जगदम्बा मोटर्सले भविष्यमा पनि नवप्रविधियुक्त सवारीसाधन नेपाली बजारमा उपलब्ध गराउँदै उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने प्रतिवद्धता दोहो¥याएको छ । कम्पनीले ग्राहकहरूलाई नैमा मोबिलिटी एक्स्पोको स्टल एल ५ – हल बी मा पुगेर प्रोटोन इमास ७ को प्रत्यक्ष अनुभव लिन निमन्त्रणा समेत गरेको छ ।