काठमाडौँ
टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने उक्त एक्स्पोमा ‘टोयोटा मेगा अफर’ अन्तर्गत ग्राहकलाई विभिन्न आकर्षक सुविधा प्रदान गरिनेछ ।
एक्स्पोमा टोयोटाका तीन लोकप्रिय मोडलहरू यारिस क्रस हाइब्रिड इलेक्ट्रिक, ल्यान्ड क्रुसर २५०लगायतका गाडी प्रदर्शनीमा राखिनेछ । एक्स्पो अवधिभर टोयोटा गाडी बुक गर्ने ग्राहकले भारी छुट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवा लगायतका विशेष सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, टोयोटाको स्टलमा आउने प्रत्येक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यद्यपि यी अफरहरू एक्स्पो अवधिभर गाडी बुक गर्ने ग्राहकका लागि मात्र लागू हुने कम्पनीले स्पष्ट पारेको छ ।











प्रतिक्रिया