काठमाडौँ
सिद्धार्थ क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाले आर्थिक वर्ष २०८१÷८२का लागि करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
सिद्धार्थ क्यापिटल लिमिटेडको सञ्चालक समितिको १९१औं बैठक साउन ११ गते दिउँसो ३ः१५ बजे बसेको थियो । उक्त बैठकमा आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरिएको हो ।
यो लाभांशको लाभ पाउनका लागि साउन ११ गतेसम्म इकाई धनीको रुपमा दर्ता भएका लगानीकर्ता मात्र योग्य हुने कम्पनीले जानकारी दिएको छ ।
लाभांश पुनःलगानी गर्ने लगानीकर्तालाई थप सुविधा
लाभांश पुनःलगानी योजना रोजेका इकाईधनीको प्राप्त लाभांश पुनः इकाईमा रूपान्तरण गरिनेछ । कर तथा लागू हुने शुल्क कटौती गरेपछि बाँकी रकम योजनाको खुद सम्पत्ति मूल्यमा समायोजन गरी सोहि अनुसार इकाई निर्गत गरिनेछ । यसरी पुनः लगानी गरिएका इकाई प्रत्यक्ष रूपमा सम्बन्धित हितग्राही खातामा जम्मा गरिनेछ ।
यस्तै, नगद लाभांश रोजेका इकाईधनीको लाभांश भने सीधै उनीहरूको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिनेछ ।
सिद्धार्थ क्यापिटल लिमिटेडले लगानीकर्ताको विश्वासलाई निरन्तरता दिँदै दीर्घकालीन लाभ सुनिश्चित गर्ने उद्देश्यले यस्तो निर्णय लिएको जनाएको छ ।











प्रतिक्रिया