काठमाडौँ
नेबिको लिमिटेडले प्राथमिक सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २० करोड मूल्य बराबरकोे सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेड बीच शेयर निष्काशन सम्बन्धी सम्झौता २०८२ श्रावन ८ गतेका दिन सिद्धार्थ क्यापिटल लिमिटेडको नक्साल, काठमाडौँस्थित कार्यालयमा भएको हो । नेबिको लिमिटेडका तर्फबाट अध्यक्ष राजबहादुर सिंह र सिद्धार्थ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
नेबिको लिमिटेड सन् १९६४ मा स्थापना भएको नेपालकै पुरानो र प्रख्यात खाद्य उत्पादन कम्पनी हो । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा रहेको मुख्य कारखाना तथा हेटौँडा, भैरहवामा थप भएका उद्योगबाट बिस्कुट र कन्फेक्शनरी उत्पादन गर्दै आएको यस कम्पनीको वार्षिक उत्पादन क्षमता १,५०० मेट्रिक टन रहेको छ । यसको व्यापार बिभिन्न प्रमुख खाद्य क्षेत्रमा छ । बिस्कुट, कन्फेक्शनरी, कुकिज, सिरियल्स कम्पनीका हालका मूख्य उत्पादन हुन् ।
आगामी आर्थिक बर्षहरुमा कम्पनीको बेकरी, वेफर, पफलगायतका उत्पादन स्वदेश र बिदेशमा बिस्तार गर्ने योजना रहेको छ । यसको लागि हेटांैडा औद्योगिक क्षेत्रमा कम्पनीको भवन निर्माण सम्पन्न भइरहेको छ भने आवश्यक मसिन खरिद प्रकृया अगाडि बढिरहेको जानकारी कम्पनीका कार्यकारी प्रमुख होमनाथ न्यौपानेले दिनुभएको छ ।











प्रतिक्रिया