गृह मन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रम पुगेर गरे नाराबाजी


काठमाडौं ।

 प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले रोष्ट्रममा पुगेर नाराबाजी गरिरहेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा दुइ बुदेँ सहमति भए पछि संसद सुरू भए पछि गृह मन्त्री रमेश लेखकले बोल्दै गर्दा रास्वपा र राप्रपाले संसदमा राजीनामा माग्दै नाराबाजी गरेका हुन ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाएका थिए । यसअघि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाको सांसद मनिष झाले बोले पछि गृह मन्त्री लेखकले आफ्नो धारणा राखिरहेका छन् ।

सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद  ण्डेलाई समय दिए पनि रास्वपा र राप्रपाले टेबुल ठोकेर विरोध जनाएका थिए ।  भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने तथा छानबिन समिति बनाउनु पर्ने माग उनीहरूको रहेको छ ।