प्रतिनिधिसभा बैठक बुधवार १ बजेसम्मका लागि  स्थगित


काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधवारसम्मका लागि स्थगित भएको छ।

 सभामुख देवराज घिमिरेले आज संसद सुचारू भएको जानकारी दिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बैठक अवरोध गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिन लागेको जानकारी दिए पनि प्रतिपक्षी सांसदहरूले हो होल्ला गरे पछि बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।

यस बिचमा पनि सहमति हुन नसके पछि बुधवार १ः०० बजेसम्मका लागि स्थगित गरिएको हो ।

 भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी दलहरूले निरन्तर संसद अवरोध गरिरहेका छन् । प्रतिनिधिसभा बैठक गत जेठ १३ गतेदेखि  निरन्तर अवरोध भइरहेको  छ।