काठमाडौं ।
प्रतिनिधिसभाको बैठक आज बस्दैँछ । संघीय संसद, नयाँ बानेश्वरमा दिउँसो २ः०० बजेबाट बैठक बस्नेछ । आइतबारको संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद अवरोध गरे पछि बैठक सोमवारसम्मका लागि स्थगित गरिएको हो ।
हिजो दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भए पनि प्रतिपक्षी दलहरूले अवरोध गरे पछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनु पर्ने भन्दै प्रतिपक्षी दलहरूले दुई हप्तादेखि निरन्तर संसद् अवरोध गर्दै आएका छन् ।











प्रतिक्रिया