प्रतिनिधिसभा  बैठकको समय  सर्‍यो 


काठमाडौं। 

 आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठकको समय परिवर्तन गरी अहिले ३ः३० बजेका लागि तोकिएको छ ।

विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले सभाको बैठक आजै दिउँसो ३ः३० बजे बस्ने गरी समय तोकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।