यातायात क्षेत्रमा हडताल नगर्न अन्तरिम आदेश


काठमाडौं ।

सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हड्ताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बुधबार अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न रिट निवेदक र यातायात व्यवसायी दुवै पक्षलाई बोलाएको छ ।

अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन गरेको भन्दै अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाउने आदेश जारी गर्न माग गर्दै मंगलवार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो । यद्यपि, यातायात व्यवसायीहरूले हिजो नै आन्दोलन फिर्ता लिइसकेका छन् । सर्वोच्चको यो आदेशसँगै अब यातायात व्यवसायीले हड्ताल गर्न नपाउने भएका छन् ।