राष्ट्रपति र प्रधानमन्त्री निवास क्षेत्रमा राजावादीको प्रदर्शन


काठमाडौँ।

राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग राख्दै राजावादीहरूले शनिवार राष्ट्रपति र प्रधानमन्त्री निवास क्षेत्रमा प्रदर्शन गरेका छन्। पूर्वनिर्धारित कार्यतालिका अनुसार, शनिवार नारायणहिटी दरबार परिसरमा प्रदर्शन गर्ने योजना भए पनि शुक्रवार साँझ उक्त क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि आन्दोलनको स्थान परिवर्तन भएको थियो ।त्यसपछि , राजावादीहरूले शान्तिबाटिकाबाट प्रदर्शन सुरु गरेका हुन्।

रत्नपार्कस्थित शान्तिवाटिकामा जम्मा भएका प्रदर्शनकारी हरु नक्साल हुँदै बालुवाटार पुगेको थियो ।

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता उच्चपदस्थहरूको सरकारी निवास रहेको बालुवाटार क्षेत्रमा पुगेर प्रदर्शनकारीहरूले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश’ जस्ता नारालागेका थिए।

आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत विभिन्न दलका नेता र कार्यकर्ताहरू सहभागी थिए ।

उनीहरुले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।