काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले गणतन्त्र निर्मला पन्तको लागि नभएर अफताफ आलमको लागि आएको रहेछ भन्दै कटाक्ष गरेका छन्। उनले जताततै भ्रष्टहरूको रजगज भएको र गाउँ-गाँउमा छोटे सरकारलाई मोज र भ्रष्ट, दलाल, तस्करी र बिचौलियालाई भोज भएको उल्लेख गरेका छन्।
शाहीले सामाजिक सञ्जालमा शाहीले लेखेका छन्- ‘साथिहरुले गणतन्त्र निर्मला पन्तको लागि आयो भन्थे !तर अफताफ आलमको लागि रहेछ ।।जताततै भ्रष्टहरुको रजत- गज भएछ ।।गाउँ -गाँउमा छोटे सरकारको मोज भएछ। भ्रष्ट ,दलाल ,तस्करी र बिचौलियाको भोज भएछ।।
बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको थियो।











प्रतिक्रिया