मुलुकको आर्थिक अवस्था सुध्रँदै गएको छ: गृहमन्त्री लेखक


विराटनगर। 

गृहमन्त्री रमेश लेखकले  मुलुकको आर्थिक अवस्था लयमा आएको बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंगको कुराकानीमा उनले दश महिना अघिको आर्थिक अवस्था र अहिलेको अवस्थामा उल्लेख्य सुधार आएको बताएका हुन् ।

गृहमन्त्री लेखकले सञ्चारकर्मीसँग भने ‘दश महिना पहिलाको आर्थिक अवस्था र अहिलेको आर्थिक अवस्थामा धेरै फरक देख्नु हुन्छ । मुलुकको अर्थतन्त्र लयमा आएको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ दोस्रो कुरा आर्थिक सुचकांक सकारात्मक बनेका छन् । यो राष्ट्र बैंकको तथ्यांक हो मैले भनेको होइन । अर्को कुरा कानुन दश महिना पहिलो कति विधेयक दर्ता भएर र कतिमा काम भयो र अहिले कति दर्ता भएर कति कानुन बने भनेर हेर्दा पनि प्रस्ट हुन्छ । ’

उनले दश महिनामा गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वसको मत लिन जानु नपरेको बताए। उनले याे सरकारको पहिलो उद्देश्य नेको राजनीतिक स्थिरता पनि हो ।’यो गठबन्धन सबै खालका निराशालाई आशामा बदल्न बनेको सरकार हो । त्यसैले आशाले आम मानिसलाई सकारात्मकता तिर डोर्‍याउछ । 

संविधान र व्यवास्था विरोध गतिविधि कुनै पनि हिसावमा स्वीकार्य हुँदैन । जुनै तहमा पनि त्यसलाई स्वीकार गर्न सकिन्न । जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही जान भने त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिन्छ । 

नीतिगत भ्रष्टचार रोक्नका लागि आएको अख्तियार विधेयक मिलेमतोमा अट्कीएको छ नि ?भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री रमेश लेखले भने‘त्यसमा छलफल भइरहेको छ । संसदमा भएका सबै विधेयकलाई छलफलबाट टुंगोमा पुर्‍याउछौ । भ्रष्टचारलाई निर्मूल पार्ने विषयमा हामी अघि बढेका छौं । अवान्छित गैरकानूनी गतिविधिलाई निष्पक्ष स्वतन्त्र र पारदर्शी ढंगले त्यसलाई कारबाही गर्ने प्रक्रियामा सरकार अघि बढेको छ । 

फोटो खिचेको भरमा, टेलिफोन गरेको भरमा र कसैसंग भेटेको भरमा समाचार बन्न सक्ला तर यो सरकार पुरा अवधि टिक्छ । फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन । यो गठबन्धन कांग्रेस एमालेको बिचको सहमति अनुसार पुरा अवधि सरकार टिक्छ । 

यो दश महिनामा सुशासन, कानुन निर्माण, नीतिगत र आर्थिक सुधारमा पर्याप्त काम भएका छन् । उद्योगधनदा संचालनमा सहज होस भनेर नयाँ कानुन आएका छन् । भूमि सुधारका लागि कानुन र आयोगहरु बनेका छन् । निरास हुनु पर्ने अवस्था छैन । अपेक्षा गरेजति काम हुन सकेनन् होला तर निराशा हुनुपर्ने अवस्था छैन । सरकारले आशा जगाउने गरी काम गरेको छ ।