वैशाख २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल


मेष : दिन शुभ छ । पढाइ, जागिर, मुद्दामामिलामा विजय, धन लाभ, मान–सम्मान हुन सक्छ ।

वृष : समय अनुकूल छ । काम, पढाइ, परीक्षा आदिमा सफलता, सुख–सन्तोष, धन प्राप्ति हुन सक्छ ।

मिथुन : दिनचर्या अस्तव्यस्त, पारिवारिक झमेला भए पनि दिउँसोबाट सन्तोष एवं सफलता मिल्ला ।

कर्कट : शुरुमा पैसा लाभ, प्रगति होला तर दिउँसोबाट भने अस्वस्थता, तनाव बढ्ने सम्भावना छ ।

सिंह : दिन धेरै शुभ छ । धन लाभ, उपहार, कोसेली, खाद्यसामग्री प्राप्तिका साथै कार्य सफल होला ।

कन्या : दिन अनुकूल भएकाले काम बन्ने, धन लाभ, व्यापार एवं परीक्षामा सफलता मिल्ने देखिन्छ ।

तुला : शुरुमा विवाद, खर्च भए पनि मध्याह्नदेखि भने लाभ, सुख–शान्ति हुने देखिन्छ ।

वृश्चिक : दिउँसोसम्म लाभ, मीठो भोजन, सुख भए पनि त्यसपछि भने कष्ट हुन सक्छ ।

धनु : समय शुभ छ । सजिलै आँटेको काम पूरा हुने, धन लाभ, विद्या प्राप्ति हुने देखिन्छ ।

मकर : दिन अनुकूल भएकाले राजनीति एवं बोलीमा सफलता, कार्य सिद्धि, सुख–सन्तोष होला ।

कुम्भ : दिउँसोसम्म असफलता र हैरान भए पनि त्यसपछि भने सम्मान, राज्यबाट लाभ होला ।

मीन : दिन मिश्रित फलदायक छ । सम्मान, धन लाभ, समस्या सुल्झने तर दिउँसोदेखि कष्ट होला ।