भारतीय सेनाले भन्यो- जम्मू, साम्बा र पठानकोटमा ड्रोनहरू देखिए


काठमाडौँ।

समाचार एजेन्सी पीटीआईले भारतीय सेना स्रोतलाई उद्धृत गर्दै जम्मू, साम्बा र पठानकोटमा ड्रोनहरू देखिएको बताएको छ। सह-पत्रकार रविन्द्र सिंह रोबिनले अमृतसरमा पनि ठूलो विस्फोटको आवाज सुन्न सकिने जानकारी दिएको बीबीसीको समाचारमा उल्लेख छ।

यस्तै फिरोजपुर प्रशासनका एक वरिष्ठ अधिकारीले तीनवटा विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन्। फिरोजपुरका स्थानीयहरूले कम्तीमा तीनवटा विस्फोटको आवाज सुनेको बताएको पन्जाबका स्थानीय पत्रकारले जानकारी दिएका छन्।

बीबीसी पत्रकार नवजोत कौरका अनुसार उपायुक्त निशान्त यादवको आदेशमा चण्डीगढका बजारहरू साँझ ७ बजेदेखि पूर्ण रूपमा बन्द गरिएको छ।