काठमाडौँ।
परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको सुरक्षाका लागि सरकार सचेत रहेको जनाएको छ ।मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकार पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र अन्य नेपालीको सुरक्षाका लागि सचेत रहेको जनाएको हो ।
‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ,’जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’

प्रतिक्रिया