–विभागीय प्रमुखले अस्वीकार गरेपछि सहरी योजना आयोगलाई जिम्मा
–सीप मेला गर्ने काम आयोगको होइन: कार्यपालिका सदस्य
–विभागीय प्रमुखले गरेनन् माइन्युटमा हस्ताक्षर
–गत वर्षको ६५ लाख भुक्तानी गर्न बाँकी
काठमाडौं । गतवर्ष तामझामका साथ आयोजना भएको शिपमेला यो वर्ष विवादको भुमरीमा फसेको छ । यो वर्ष करिब २ करोड सक्ने योजना सहित मेला गर्ने तयारी गरेको बैठकमा कार्यपालिकाका सदस्यले वहिष्कार गरेका छन् ।
मेयर साह र उहाँको सचिवालयको कार्यशैलीप्रति असन्तुष्ट सबै विभागीय प्रमुखले पनि बैठक वहिष्कार गरेका छन् । मेयर साहको कार्यशैलीप्रति क्रुद कार्यपालिका सदस्यले कार्यपालिकाको बैठक नगरी कुनैपनि कामअघि नबढाउन चेतावनी दिएका छन् ।
मेयर साहप्रति असन्तुष्ट जनाउदै सबै वडा अध्यक्षले कार्यपालिकाको बैठक राख्न माग परेका थिए । सो मागलाई वेवास्ता गर्दै कार्यपालिका बैठक नबोलाएर सिपमेला आयोजना गर्न थालेपछि बैठक वहिस्कार गरेका हुन । स्रोतका अनुसार अर्थहिन टिओआर नै नमिल्ने शहरी योजना आयोगको अध्यक्ष सुमन नरसिह राजभण्डारीको संयोजकत्वमा बैठक डाकेको थियो ।
संयोजक राजभण्डारीसंग मेलाको बारेमा जानकारी लिन मोबाइल गर्दा उठाउनुभएन । शहरी योजना आयोगले व्यवस्थित शहरको योजनामात्र बनाउनेगरेको छ । कोहीपनि संयोजक बन्न नमानेपछि आफ्नै प्रताबमा कार्यपालिका बैठकले नियुक्ति हुनुभएका राजभण्डारीको संयोजकत्वमा समिति बनाएको हो । स्रोतका अनुसार राजभण्डारीको संयोजकत्वमा बनेको कमिटी कानुनविपरित छ । शहरी योजना आयोग भन्ने अनि सिपमेलाको काम गर्ने ? यो त मिल्दैमिल्दैन । एक कार्यपालिका सदस्यले नेपाल समाचारपत्रसंग भने ।
सबै वडा अध्यक्ष र विभागीय प्रमुखले वहिस्कार गरेको बैठकमा मेयर सचिवालयले उपमेयर सुनिता डंगोल र प्रमुख प्रसाशकीय अधिकृत सरोज गुँरागाईलाई बोलाएको थिएन । मेयर साहको व्यहारबाट दिक्क उपमेयर डंगोल र प्रमुख प्रशासकीय अधिकृत गुँरागाइले औचित्यहिन मेला गर्नुभन्दा पनि कार्यपालिकाको बैठक बोलाएर समस्या समाधान भएपछिमात्र कार्यक्रम आयोजना गर्नु उपयुक्त हुने भनेका छन् । ‘हिजो बैठक बस्यो, आज विभागीय प्रमुख र कार्यकारी खै भन्दै कोठाकोठा डुलिरहेका थिए’–बिहीबार नेपाल समाचारपत्रसंग कुरा गर्दै एक विभागीय प्रमुखले भने ।
बुधबार भएको बैठक वहिस्कार गरेका विभागीय प्रमुखलाई माइन्युटमा हस्ताक्षर गर्न दवाव दिएका थिए । ‘हिजो बुधबार बैठक बस्यो रे हामीले वहिष्कार गरेका थियौ । तैपनि मेयर सचिवालयले हस्ताक्षर गर्न ल्याएर हैरान पा¥यो –स्रोतले भन्यो । मेयरको बैठक कक्षमा बसेको बैठकमा कार्यपालिकाका सदस्य उपस्थिति थिएन । यहासम्मकी कामपाको सामाजिक विकास समितिका संयोजक रामकुमार केसीले समेत कार्यपालिका बैठकपछि मात्र मेला आयोजना गर्न सुझाउनुभएको थियो । समितिका संयोजकले नै स्वीकृत नदिएको मेलामा कसरी विभागीय प्रमुख अघि बढ्न मिल्छ ? भन्दै कामपा सामाजिक विकास विभाग प्रमुख समिक्षा निरौलाले शिप मेलाको फाइल अघि बढाउनुभएन ।
मेयर सचिवालयले कर्मचारीप्रसत आक्रोस पोख्दै शहरको योजना बनाउने निकाय शहरी योजना आयोगलाई मेला गर्ने जिम्मा दिएको थियो । बोर्ड बैठकपनि डाक्न नसक्ने, अनि मेला गरेरै छाड्छु भन्ने मेयर साहले आफैले कारबाही अघि बढाएको चौधरी ग्रुपको वाईवाई, महानगरमा सेवनगर्नपनि प्रतिबन्ध लागेको सुर्य नेपाल, ऐनसेल जस्ता संस्थाको प्रायोजनमा मेला आयोजना गर्न लागेको हो ।
हामीलाई जानकारी भए अनुसार जेठ ७ गतेदेखि टुडिखेलमा मेला आयोजना गर्न लागेको भन्ने सुनेका छौ, कार्यपालिकाको बैठकले स्वीकृत गरेको छैन । मेलासंयोजन गर्ने समितिले वहिस्कार गरेको छ । विभागले कार्यपालिकाबाट स्वीकृत नभएसम्म मेलाको विषयमा कुनैपनि हस्ताक्षर नगर्ने अडान दोहो¥याएको छ । सोही आधारमा विवादित मेला कुनैपनि हालतमा सम्पन्न गर्ने अडान मेयर साहको छ । मेयर साहले निजी क्षेत्रको सहयोगबाट मेला गर्ने दोहो¥याउनुभएको छ ।
उच्चस्रोतका अनुसार गतवर्ष सम्पन्न मेलाको करिब ६० लाख रुपिया भक्तानी गर्न बाँकी छ । यो वर्ष कसरी गर्ने अन्योल भएको छ । मेयर साहका सल्लाहकारले गतवर्ष बजेट टुक्रा पारेर मेला गरेका थिए ।

वहिष्कार गरेका छौः कामपा प्रवक्ता मानन्न्धर
काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडानं–१७का अध्यक्ष नविन मानधरले विवादिन सिपमेला वहिस्कार गरेको जानकारी दिनुभयो । करिब ५ महिनादेखि कार्यपालिकाको बैठक डाक्न नसकेका मेयर वालेन्द्र साहसंग सबै कार्यपालिकाका सदस्यले तत्काल बैठक राख्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
पहिलो कार्यपालिकाको बैठक राख्नुप¥यो, त्यसपछि के के गर्ने हो ? गरे भैहाल्छ नि ? प्रवक्ता मानन्धरको भनाई थियो । उहाँले कार्यपालिकाको बेठकले निर्णय नगरी गरेको सबै काम अवैध हुने जिकीर गर्दै भन्नुभयो–समितिका संयोजकले नगर्न भनिसकेका छन् । विभागीय प्रमुखले गर्न नसक्ने भन्दै फाईल फर्काउनुभएको छ । भने विभागीय प्रमुखले वहिष्कार गरिसकेको अवस्थामा कसरी मेला गर्न सकिन्छ ।
उहाँले गतवर्षको कार्यक्रममको भुक्तानी दिन नसकेको अवस्थामा फेरी मेला आयोजना गर्ने विषयमा कुनै तुक नभएको बताउनुभयो । शहरको योजना बनाउने शहरी योजना आयोगलाई मेला गर्ने जिम्मा दिएको छ रे, जस्को अधिकारक्षेत्रभित्रै पर्दैन उसैलाई मेला गर्न दिनु अचम्मको विषय भएको जिकीर गर्नुभयो ।
कामपाको बजेट व्यवस्था हुन समस्या हुने भएपछि आफैले कारबाहीको डण्डा चलाएको वाईवाई,राजश्व छली गरेको आरोप लागेको एनसेल र कामपाले सार्बजनिक स्थानमा सेवन गर्न र कुनैपनि प्रचार बोर्डराख्न निषेध गरेको सुर्यनेपाललाई प्रायोजक बनाएर मेला आयोजना गर्न लागेको विषय गलत भएको प्रवक्ता मानन्धरको भनाई थियो । उहाँले मेला गर्नुभन्दापनि शुरुमा कार्यपालिकाको बैठक बसेर सबै समस्या समाधान गर्न मेयर साहलाई आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया