काठमाडाैं ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।
बुधबार कमलादीस्थित प्रज्ञा भवनबाट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताका लागि घोषणा सभा हुने तयारी भइरहेका बेला प्रज्ञा भवनबाट चौधरी पक्राउ परेका हुन् ।
चौधरीलाई सादा पोशाकमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेका हुन् । तर, उनलाई किन पक्राउ गरिएको हो भन्नेबारे खुलेको छैन । पक्राउ परेका चौधरीलाई डिल्लीबजार कारागार लगिएको छ ।
प्रतिक्रिया