नाम, पहिचान र आत्मसम्मान बेचेर पाइने सफलता स्थायी हुँदैन । तर, जो आफूमा अडिग रहन्छ, जो बारम्बार असफलतापछि पनि उठ्छ , उसैले नै इतिहास बनाउँछ । विश्वप्रसिद्ध हलिउड हस्ती लियोनार्डो डिक्याप्रियोको सफलताको कथा, मात्र कथा होइन, एउटा गहन सन्देश पनि हो । “जहाँ आँट, त्यहाँ समाधान” भने झैं लिओनार्डोेको प्रसिद्धिको यात्रा सजिलो थिएन । करिअरको सुरुवातमा उनले पनि थुप्रै असफताहहरू सामना गर्नुपरे । यतिसम्म कि उनलाई अमेरिकन दर्शकहरूलाई आकर्षित गर्ने हो भने “लेनी विलियम्स” नाम राख्न सुझाव दिइएको थियो । तर, उनले त्यसो गरेनन् । डेढ वर्षसम्म काम नपाए पनि आफ्ना बुवाको हौसलाबाट प्रेरित उनले हार मानेनन् ।
उनको ब्रेकथ्रु फिल्म “व्हाट्स ईटिंग गिल्बर्ट ग्रेप” मार्फत भयो । जहाँ मानसिक रूपमा कमजोर किशोरको भूमिकाले उनलाई आलोचकहरूबाट प्रशंसा र १९ वर्षको उमेरमै एकेडेमी अवार्डको नोमिनेसन दिलायो । त्यसपछि अभिनित फिल्मले भने उनलाई हलिउडमा स्थापित सदाबहार अभिनेताको दर्जा प्राप्त भयो । त्यो फिल्म थियो “टाईटानिक,” जसले उनलाई विश्वव्यापी स्टार बनायो, जसबाट “लियो–मानिया” सुरु भयो । चुनौतीहरूका बावजूद उनको अभिनय र वातावरण सम्बन्धित सामाजिक अभियानमा गरेको समर्पणले उनलाई हलिउड र संसारभर सम्मानित बनाएको छ ।
लियो–मानियाका केहि रोचक कुरा:
सन् १९९८ मा बनेको टिभी चलचित्र “लियो मानिया” ले डिक्याप्रियोप्रतिको फ्यान क्रेज र उनको किशोरकालीन सुपरस्टार बन्ने यात्रालाई चित्रण गरेको छ ।
“लियो–मानिया” शब्दले लियोनार्डो डिक्याप्रियोले पाएको प्रशंसा र लोकप्रियतालाई समेट्छ, विशेषगरी किशोरी केटीहरू र युवा महिलाहरूबीच ।
टाईटनिक फिल्मको रिलिज र लियोनार्डोले निभाएको “ज्याक डसन” को भूमिकाले उनको क्रेजलाई तीव्र बनाएको थियो ।
“लियो–मानिया” शब्द मुख्यतया किशोर प्रशंसकहरूसँग जोडिएको छ, जसले डिक्याप्रियोले मनोरञ्जन क्षेत्रमा पारेको व्यापक प्रभाव र आकर्षणलाई पनि प्रतिबिम्बित गर्छ ।











प्रतिक्रिया