अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतले मुख्य भूमिकामा अभिनय गरेको फिल्म हर्षको छायांकन प्याकअप भएको छ।
फिल्मकी निर्देशक तथा लेखक एवं निर्देशक स्व. शिव रेग्मीकी भान्जी एकता पौडेलले फिल्मको सम्पूर्ण छायांकन ३५औं दिनमा प्याकअप भएको जानकारी गराएकी छन्।
४० दिनको सेड्युलमा छायांकनमा निस्किएको र निर्माण टिमको उत्साहपूर्ण कामले सेड्युलभन्दा ५ दिन अगावै छायांकन सकिएको डेब्यु निर्देशक पौडेलले जानकारी गराइन्। सम्पूर्ण छायांकन चितवनमा गरिएको फिल्ममा ५ गीत समावेश छ।
खगेन्द्र र वर्षाका साथमा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, सृष्टि महर्जन, संगीता नापितलगायतका कलाकारले अभिनय गरेको फिल्म निर्देशनका लागि डेब्यु निर्देशक पौडेलले न्युयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छन्।
आमसञ्चारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन्। यसका अलावा उनले केही छोटा फिल्म बनाएकी छन्।
पारिवारिक सामाजिक कथा पस्किने फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी छन्। ई–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सनको ब्यानरमा प्रसन्न पौडेल र विकास पौडेल (चितवन) द्वारा निर्मित फिल्ममा संगीत वसन्त सापकोटा र एलिश कार्की, कोरियोग्राफी सुनिल क्षेत्री, छायांकन आलोक शुक्ला र सम्पादन लोकेश बज्राचार्यको रहेको छ। फिल्मको कार्यकारी निर्माता हिक्मत चोखल रहेका छन्।
प्रतिक्रिया