२०८२ वैशाखको मासिकफल


वैशाख सङ्क्रान्ति स्वाति नक्षत्र १५ मुहूर्त भएकाले धान्यार्घ वृष्टिका लागि महिना मध्यम छ । राजकार्य गर्ने, क्षेत्रीय र शूद्र जाति तथा प्रशासनिक काम गर्नेलाई लाभ र अनैतिक कार्य गर्नेहरू उत्साहित हुने छन् । यस मासमा ५ सोमबारले औषधि, कृषि, प्रविधिका क्षेत्रमा उन्नति हुने, धार्मिक, सामाजिक र शैक्षिक क्षेत्रमा उन्नति, राजस्वमा वृद्धि, बौद्धिक, शैक्षिक र प्राविधिक ज्ञानको प्रसार हुनेछ ।

मंगलबार चन्द्रोदयले दुर्भिक्ष र सूर्यसँंग राहु.शनि.केतुका षडाष्टक योगले रोग र प्राकृतिक प्रकोप हुने, पूर्वी भू–भागमा क्षति हुने र गर्मी बढ्ने, पश्चिमी भेगमा अराजकताले अस्थिरता, दक्षिणमा सवारी दुर्घटना र आगोका घटना, हिंसामा वृद्धि र संवैधानिक मतभेदले चर्चा हुनेछ । फलाम, सुन, तामा र चाँदीको मूल्यमा गिरावट, इन्धन, पेट्रोल, डिजेल, ग्यासको मूल्यवृद्धि, धातु महँगो र शेयर बजारमा तेजी, दालको बजार उतारचढाव तथा पश्चिमी सीमा क्षेत्रमा तनाव देखिनेछ । कपास आदिमा मन्दी, शेयर बजारमा सामान्य, घिउ, कपास, चिनी, तेल मन्दी र आकाशीय लक्षणहरू–पहिलो आधामा गर्मीको प्रकोप, पश्चिमी भू–भाग, पहाडी भू–भाग र दक्षिणका थोरै स्थानहरूमा सामान्य वर्षा हुनेछ ।

उपद्रवकारी दिनहरू ३, ९, १६ र ३० गते ।

मौसम परिवर्तन योग १, ३, १६ र २४ गते ।

स्रोत : बाबा गोरखनाथ पञ्चाङ्ग