कोपा डेल रे मा बार्सिलोना अब्बल


एजेन्सी।

स्पेनी फुटबलको घरेलु कप कोपा डेल रे मा सर्वाधिक उपाधि बार्सिलोनाले जितेको छ । बार्सिलोनाले ४२ फाइनल खेल्दा ३१ उपाधि हासिल गरेको हो । दोस्रो नम्बरमा एथ्लेटिक बिलबाओ छ । यो टोलीले ४० फाइनलमध्ये २४ मा उपाधि जितेको छ । तर, रियल मेड्रिड भने २० उपाधिसहित तेस्रो स्थानमा रहेको छ । जबकी रियलले ४० फाइनल खेलेको छ ।

उपाधि जितेका टोलीहरू (३ उपाधिदेखि)

३१ बार्सिलोना

२४ एथ्लेटिक बिलबाओ

२० रियल मेड्रिड

१० एटलेटिको मेड्रिड

८ भ्यालेन्सिया

(अन्यमा जारागोजा ६, सेभिया ५, इस्पान्योल ४, रियल बेटिस र रियल युनियन ३)