एजेन्सी
रोरी म्याकलरोए प्रोफेसनल गल्फ एसोसिएसन (पीजीए) टूरमा १ सय मिलियन डलर कमाउने दोस्रो गल्फर बनेका छन् ।
नर्दन आयरल्यान्डका म्याकलरोएले गत साता ३ लाख डलर कमाएसँगैं १ सय मिलियन डलर कमाउने सूचीमा परेका हुन् । सन् २०१० देखि खेलेका ३५ वर्षीय गल्फरले हालसम्म टूरमा २ सय ६२ इभेन्टमा सहभागि भएर २८ पीजीए टूर जितेका छन् ।
यसअघि अमेरिकाका टाइगर वुड्स मात्रै १ सय मिलियन डलर कमाउने खेलाडी थिए । विश्व प्रसिद्ध वुड्सले १ सय मिलियन डलर पुरस्कार सन् २०१२ मा आर्जन गरेका थिए । त्यतिबेला वुड्स ३६ वर्षका थिए । हाल ४९ वर्षमा लागेका वुड्सले करिअरमा ३७८ इभेन्टमा ८२ पीजीए टूर जितेका छन् । जसको १२० मिलियन डलर पुरस्कार रकम रहेको छ ।
अमेरिकाकै गल्फर फिल मिकेलसन पनि १ सय मिलियन कमाईंको क्लबनजिक पुगेका छन् । उनले हालसम्म९७ मिलियन डलर आर्जन गरिसकेका छन् । उनले पीजीए टूर सन् २०२२ मा छाडेर हाल साउदीको एलआईभी गल्फ टूरमा आबद्ध भएका छन् ।
प्रतिक्रिया