नेपालमा वा सायद विश्वमा नै मानिसहरू बिहानीको शुरूवात चिया वा कफीको साथ गर्दछन् । यसले मानिसहरूलाई ताजा महसुस गराउनुका साथै साथीहरूसँग भेट्ने वातावरणसमेत मिलाउँछ, तर यहाँ कफी पिउनु हानिकारक हो कि लाभदायक हो भन्ने चर्चा गरिएको छ ।
हरेक बिहान कफी पिउनु स्वास्थ्यको लागि लाभदायक छ भन्नेहरू पनि छन् र हानिकारक छ भन्नेहरू पनि छन् । युरोपियन हार्ट जर्नलमा प्रकाशित एक अध्ययनअनुसार हरेक बिहान कफी पिउँदा मुटुको रोगबाट मृत्यु हुने जोखिम कम गर्छ ।
अध्ययनअनुसार कफी पिउनुको लाभ यस्ता छन् ।
-एक कप कफी पिउँदा मानिसहरूले १०० मिलीग्राम कफिन पाउँछन् । यसले मानिसहरूको शरीरलाई ६ घण्टासम्म ताजा बनाउँछ । यसले शक्ति बढाउनुका साथै मुड पनि राम्रो गर्छ ।
-एक कप ब्रूड ब्ल्याक कफीबाट २ दशमलव ४ क्यालोरी प्राप्त हुन्छ । यसमा प्रोटिन, काब्र्स र फ्याट हुँदैन ।
-अमेरिकन हार्ट एसोसिएसन र इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी) अनुसार हरेक बिहान एक कप कफी पिउँदा हार्ट फेलोरको जोखिम कम हुन्छ । साथै क्यान्सरको खतरा पनि कम गर्छ ।
-चिकित्सकहरूले बताएअनुसार बिहान कफी पिउने समय राम्रो हो । —यूनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेमा न्यूरोसाइन्सका प्रोफेसर म्याथ्यु वाकरले कफीमा सामेल कफिन मात्रै एक नोक्सानदायी तत्व भएको बताएका छन् ।
-कफी पिएको १२ देखि १४ घण्टासम्म शरीरमा कफिन बाँकी रहेको हुन्छ र ब्रेन न्यूरन्सलाई सक्रिय राख्छ । यसैले धेरै कफी पिउन नहुने प्रोफेसर वाकरले बताएका छन् ।
-प्रोफेसर वाकरको अनुसार बिहानबाहेक अरू समयमा कफी पिउने हो भने कफिन फ्री कफी पिउनु लाभदायक हुन्छ । वाकरले बिहान मात्रै कफी पिउने खुलासा गरेका छन् ।
-एक दिनमा ३०० मिलीलिटर कफिन पिउन ठिक हुन्छ । एक कप ब्रुड कफीमा ८० देखि १२० मिलीलिटर कफिन हुन्छ । योअनुसार एक दिनमा दुई पटकसम्म कफी पिउन सकिन्छ ।
-नेसनल इन्स्टिच्युट अफ हेल्थको अध्ययनले के देखाउँछ भने कफी वा चिया पिउनाले ब्लड प्रेसर नियन्त्रणमा राख्दछ । तर, यसमा दुध र चिनी हुनु हुँदैन ।
-दुधसँग कफी पिउनाले पेट पोल्ने र ग्यासको समस्या हुन्छ । चिकित्सकको अनुसार कफिन र दुधमा रहेका क्याल्सियम र ल्याक्टोज प्रोटिन मिश्रण हुन्छ र यसले शरीरमा हानी पु¥याउने गर्छ ।
-२-३ कप भन्दा बढी कफी पिएमा राति निन्द्रा नलाग्ने, डिहाइडे«सन हुने, पेट खराब हुने, हार्ट बीट बढ्ने र ब्लड प्रेसर बढ्ने हुनसक्छ ।
प्रतिक्रिया