उच्चतम स्कोरमा सनराइजर्स हैदराबादको वर्चस्व


यस सिजन २०२५ को इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले आफ्नो पहिलो खेलमै २ सय ८६ रन बनायो । राजस्थान रोयल्सविरुद्धको खेलमा हैदराबादले यो विशाल स्कोर बनाएको हो । यो आईपीएलको इतिहासमा दोस्रो उच्चतम स्कोर हो । योसँगैं आईपीएलको शीर्ष ५ उच्चतम स्कोरमा चारमा हैदराबादले स्थान पाएको छ । 

आईपीएलका ५ उच्चतम स्कोर

२८७-३ सनराइजर्स हैदराबाद विरुद्ध रोयल च्यालेन्जर्स बैंगलोर २०२४

२८६-६ सनराइजर्स हैदराबाद विरुद्ध राजस्थान रोयल्स २०२५

२७७-३ सनराइजर्स हैदराबाद विरुद्ध मुम्बई इन्डियन्स २०२४

२७२-७ कोलकाता नाइट राइडर्स विरुद्ध दिल्ली क्यापिटल्स २०२४

२६६-७ सनराइजर्स हैदराबाद विरुद्ध दिल्ली क्यापिटल्स २०२४