अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विल्मोर अन्य दुई अन्तरिक्ष यात्रीहरूसँगैं स्पेसएक्सको ड्रागन क्याप्सुलमार्फत पृथ्वीमा फर्केका छन् ।
गत वर्ष जुनमा केवल आठ दिनको लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्पेस स्टेशनमा गएको थियो । तर, यी अन्तरिक्ष यात्रीहरू नौ महिना पछि पृथ्वीमा फर्कन पाए । बोइंगको स्टारलाइनर यान उनीहरूलाई पृथ्वीमा फिर्ता ल्याउनु पर्ने थियो तर, त्यो बिग्रेपछि उनीहरूले लामो समयसम्म पृथ्वीमा फर्कन पर्खनुप¥यो ।
उनीहरूलाई एलन मस्कको कम्पनी स्पेसएक्सको ड्रागन क्याप्सुलले फ्लोरिडाको तटमा सुरक्षित रूपमा ओराल्यो । उनीहरू ९ महिना १४ दिनपछि पृथ्वीमा फर्केका हुन् । उनीहरूसँगैं अन्य दुइ अन्तरिक्ष यात्रीहरू अमेरिकाका निक हेग र रुसका अलेक्सान्डर गोरबुनोभ पनि छन् ।
उनीहरुको ड्रागन क्याप्सुल नेपाली समयअनुसार १९ मार्च बिहान ३ बजेर ४२ मिनेटमा फ्लोरिडाको समुद्रमा अवतरण भएको थियो । केस्पेस स्टेसनबाट पृथिवीसम्म आई पुग्न १७ घण्टा लागेको थियो ।
केही तथ्यः
-सुनीता विलियम्स र बुच विल्मोर बोईंग तथा नासाको ८ दिनको जोइन्ट क्रू फ्लाइट टेस्ट मिशनमा गएका थिए ।
-यस मिशनको उद्देश्य बोइंगको स्टारलाइनर स्पेसक्राफ्टको एस्ट्रोनटलाई स्पेस स्टेशनसम्म लगेर फिर्ता ल्याउने क्षमता परीक्षण गर्नु थियो ।
-एस्ट्रोनटले स्पेस स्टेसनमा ८ दिनमा रिसर्च र कयौं प्रयोग पनि गर्नु थियो । तर, थ्रस्टरमा आएको गडबडीले उनीहरूको ८ दिनको मिशन ९ महिनासम्म लम्बियो ।
-पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ड्रागन क्याप्सुलको गति १७ हजार प्रति घण्टाको थियो । पछि केही मिनेटको अन्तरालमा गति कम गरिएको थियो ।
-वायुमण्डलमा प्रवेश गरेपछि अन्तरिक्ष यानको प्लाज्मा शील्डको तापमान १९२७ डिग्री सेल्सियस थियो । जसले गर्दा केही क्षण सम्पर्कविहीन भएको थियो ।
-करिब नौ महिनासम्म अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा रहेका यात्रीहरूले हरेक दिन १६ पटक सूर्योदय र सूर्यास्त हेरेका थिए । यसबाट अनुमान लगाउन सकिन्छ कि उनीहरूको लागि स्पेस स्टेसनमा हरेक दिन चुनौती भएको थियो ।
—नासा स्पेस अपरेसन मिशन डाइरेक्टर्सका डिप्टी एसोसिएट एडमिनिस्टे«टर्स जोएल माेंटालबानोले बताए कि सुनीता र बुचले स्पेस स्टेसनमा ९ सय घण्टासम्म रिसर्च गरेका थिए । साथै १ सय ५० वैज्ञानिकहरू प्रयोग गरिएको थियो ।
—यो रिसर्चबाट यस दशकको अन्त्यसम्म मंगल ग्रहमा मानव अवतरण गराउने नासाको लक्ष्यमा सहयोगी हुने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् ।
प्रतिक्रिया