च्याम्पियन्स लिगमा मकायेको छिटो गोल


यूईएफए च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा छिटो गोल रोय मकायेले गरेका छन् । बायर्न म्युनिकका मकायेले २००६÷०७ सिजनमा अन्तिम १६ को खेलमा रियल मेड्रिडविरुद्ध १०.१२ सेकेण्डमा गोल गरेका थिए ।

यो सबैभन्दा छिटो गोलको कीर्तिमान अहिलेसम्म तोडिन सकेको छैन । मकायेको यो कीर्तिमान सुरक्षित भएको हालसम्म गर्दा झण्डै १८ वर्ष भइसकेको छ ।
त्यसो त २०११ को च्याम्पियन्स लिगमा भालेन्सियाका जोनास उनको कीर्तिमान तोड्न नजिक पुगेका थिए । जोनासले बायर लेभेरकुसेनविरुद्ध १०.१६ सेकेण्डमा गोल गर्दा उनी ०.०४ सेकेण्डले चुकेका थिए ।

तर, पछिल्लो समयमा भने कोनोर गालागर ३० सेकण्डभित्र गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले गरेको यो छिटो गोल पनि रियल मेड्रिडविरुद्ध थियो र खेल पनि अन्तिम १६ कै थियो ।

उक्त खेलमा एटलेटिको मेड्रिडका लागि गोल गरेका उनले २७ सेकेन्डमा गोल गरेका थिए । शुरुवाती अग्रता दिलाएपनि पछि पेनाल्टी शूटआउटमा उनको टोली रियल मेड्रिडसँग हार्नुप¥यो । उनको यो गोल च्याम्पियन्स लिगको छिटो गोलमा १० औं स्थानमा रहेको छ ।

च्याम्पियन्स लिगमा ३० सेकेण्डभित्रका १० गोल

-१०.१२ सेकेण्ड रोय मकाये (बायर्न म्युनिक) रियल मेड्रिडविरुद्ध
२००७-अन्तिम १६ (बायर्नले २–१ ले जितेको)

-१०.१६ सेकेण्ड जोनास (भालेन्सिया) बायर लेभरकुसेनविरुद्ध
२०११-समूह चरण (भालेन्सियाले ३–१ ले जितेको)

-२०.०७ सेकेण्ड गिलबेर्टो सिल्भा (आर्सेनल) पीएसीविरुद्ध
२००२-समूह चरण ( आर्सेनलले ४–० ले जितेको)

-२०.१२ सेकेण्ड एलेसान्द्रो डेल पिइरो (युभेन्टस) म्यानचेस्टर यूनाइटेडविरुद्ध
१९९७-समूह चरण (म्यानचेस्टरले ३–२ ले जितेको)

-२१.०६ सेकेण्ड क्लारेन्स सीदोर्फ (एसी मिलान) शाल्केविरुद्ध
२००५-समूह चरण (२–२ बराबरीमा सकिएको)

-२४.०० सेकेण्ड एलेसान्द्रे पाटो (एसी मिलान) बार्सिलोनाविरुद्ध
२०११-समूह चरण (२–२ बराबरीमा सकिएको)

-२५.०२ सेकेण्ड डेभिड अल्बा (बायर्न म्युनिक) युभेन्टसविरुद्ध
२०१३-क्वार्टरफाइनल (बायर्न २–० ले जितेको)

-२५.२० सेकेण्ड मारेक किन्चल (रापिड भिएना) क्लब ब्रुगविरुद्ध
२००५-समूह चरण (ब्रुग ३–२ ले जितेको)

-२५.५४ सेकेण्ड देयान स्टानकोभिच (इन्टर मिलान) शाल्केविरुद्ध
२०११-क्वार्टरफाइनल (इन्टर २–५ ले हारेको)

-२७.०० सेकेण्ड कोनोर गालागर (एटलेटिको मेड्रिड) रियल मेड्रिडविरुद्ध
२०२५-अन्तिम १६ (रियलले पेनाल्टी शूटआउटमा जितेको)