गर्मी कम गर्ने फल खर्बुजा


गर्मीको समयमा धेरै जसो व्यक्तिहरूले चिसो पेय पदार्थ पिउने गर्छन् । तर, कतिपय व्यक्तिहरू चिसो पेय पदार्थको सट्टा खर्बुजा खाने गर्छन् । बजारमा खर्बुजा प्रशस्तै पाइने पनि गर्छ ।

अहिले गर्मी मौसम शुरु हुन थालिसकेकोले बजारमा खर्बुजा व्यापार पनि बढ्दैछ । खर्बुजामा ९० प्रतिशत पानी हुन्छ । जसले शरीर हाइड्रेटेड बनाइरहन्छ र शरीरलाई शीतलता प्रदान गर्छ । यसैले पनि खर्बुजा गर्मी मौसममा बढी खाने गरिन्छ ।
केही कुराहरूः

-१०० ग्रामको खर्बुजामा लगभग ३० क्यालोरी हुन्छ । यसमा धेरै जसो भाग पानी नै हुन्छ । यसमा प्रोटिन ०.६ ग्राम, चिल्लो ०.२ ग्राम, कार्बोहाइडे«ट ७.६ ग्राम र शुगर ६.२ ग्राम हुन्छ ।

-१०० ग्रामको खर्बुजामा भिटामिन सी १३ र भिटामिन ए ११ प्रतिशत पाइन्छ । यस्तै, क्याल्सियम, म्याग्नेसियम र पोटासियम पनि केही मात्रामा पाइन्छ ।

-खर्बुजा खाएमा हाइडे«सन बनाइराख्छ र शरीरमा पानीको कमि हुन दिँदैन ।

-फाइबरको कारण पाचन शक्ति बढाउँछ ।

-भिटामिन सी भएको हुँदा इम्युनिटी सिस्टमलाई बलियो बनाइराख्छ ।

-भिटामिन ए भएको हुँदा आँखालाई पनि स्वस्थ राख्छ ।

-भिटामिन ए, बी६ र सी भएको हुँदा छाला र केशलाई चम्किलो बनाउँछ ।

-कम क्यालोरी र ज्यादा पानीको कारण तौललाई नियन्त्रणमा राख्छ ।

-शुगर भएकाहरूले धेरै खर्बुजा खानुहुँदैन । खर्बुजामा शुगर भएको हुनाले सुगर भएकाहरूले कमै खाएको राम्रो हुन्छ ।

  • रातिको समयमा खर्बुजा खानु हुँदैन । यदि खाएमा ग्यास्ट्रिक हुन सक्छ र रुघा पनि लाग्न सक्छ ।