केही दशक अघिसम्म केही मान्छेहरूसँग मात्र गाडी मोटर, मोटरसाइकल थियो । साइकल चढ्नेहरू बाटामा देखिन्छ । तर, अहिले आएर साइकल चढ्नेहरू कमै भेटिन्छ ।
अहिलेको अतिआधुनिक युगमा जताततै मोटर गाडी, मोटरसाइकलकै भीड देखिन्छ । एउटै घरमा पनि प्रत्येकसँग गाडी, मोटरसाइकल भएको जमाना भइसकेको छ ।
साइकल एक गन्तव्य स्थानमा पुग्ने एक साधन हो । तर, यसले स्वास्थ्यमा ठूलो योगदान दिने गरेको थाहा पाएपनि मान्छेहरू साइकल चलाउन बेइज्जती सम्झिन्छ । अहिले गाडी भएमा मानसम्मान हुने पनि गरेको छ ।
साइकल चलाउँदा फाइदा
-दैनिक बिहान साइकल चलाउँदा ब्लड सर्कुलेशन राम्रो हुन्छ र शरीरमा इनर्जी आउँछ ।
-धेरै क्यालोरी घट्छ । यसले मोटोपन घटाउन पनि मद्दत गर्छ ।
-यसबाहेक खुट्टा, काँध र हातको मशल्स बलियो हुन्छ ।
-मानसिकरूपमा पनि स्वस्थ र खुशी दिलाउँछ ।
-शरीरमा एन्डोर्फिन हर्मोनको लेभल बढाउँछ र तनाव कम गर्छ ।
-स्ट्रेस, डिप्रेसन र एंग्जाइटी जस्ता मेन्टल हेल्थको खतराबाट बच्न सकिन्छ ।
-ब्रेनमा ब्लड सर्कुलेशन बढ्छ जसमा धेरै अक्सिजन र न्यूट्रिएंट्स प्राप्त गरिन्छ र दिमागले छिटो छिटो काम गर्न सक्छ ।
प्रतिक्रिया