विराट कोहली एकदिवसीय (वानडे) अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो १४ हजार रन बनाउने ब्याटर बन्दै भारतकै महान क्रिकेटर सचिन तेन्दुलकरको कीर्तिमान तोडे । पाकिस्तानमा जारी च्याम्पियन्स ट्रफीअन्तर्गत पाकिस्तानविरुद्धकै खेलमा १५ रन बनाएपछि विराटले सचिनको कीर्तिमान ओझेलमा पारेका हुन् ।
सचिनले ३ सय ५० खेलमा १४ हजार रन बनाएको कीर्तिमान बनाएको थियो । तर, विराटले २ सय ८७ खेलमै १४ हजार रन पुरा गरे । विराटले १४ हजार रनमा पुग्न सचिनले भन्दा ६३ खेल कम खेलेका छन् ।
छिटो १४ हजार रन बनाउने तीन ब्याटर
विराट कोहली, भारत २८७
सचिन तेन्दुलकर, भारत ३५०
कुमार संगाकारा, श्रीलंका ३७८
विराटले सचिनका यी कीर्तिमान तोड्न बाँकी
-सचिनले टेस्ट र वानडे गरी कूल ३४ हजार ३ सय ५७ रन बनाएका छन् । दोस्रो स्थानमा श्रीलंकाका कुमार संगाकारा (२८,०१६ रन) छन् भने तेस्रो स्थानमा विराट छन् । संगाकाराले संन्यास लिइसकेको हुनाले सचिनको यो कीर्तिमान तोड्न विराटले मात्रै सम्भव छ । तर, सचिन विराटभन्दा ६ हजार ८ सय ५४ रनले अघि छन्।
-सचिन वानडे र टेस्टमा गरी सर्वाधिक १ सय शतक प्रहार गर्ने विश्वका पहिलो क्रिकेटर हुन् । यो कीर्तिमान तोड्न विराटले मात्रै सक्ने सम्भावना छ । विराटले सचिनको कीर्तिमान तोड्न मात्र १९ शतकको आवश्यक छ ।
-सचिनले वानडेमा सर्वाधिक १८ हजार ४ सय २६ रन बनाएका छन् । यो कीर्तिमान तोड्न विराट नजिक छन् । दोस्रो स्थानमा रहेका श्रीलंकाका संगाकारा (१४,२३४ रन) संन्यास लिइसकेको हुनाले तेस्रो स्थानमा रहेका विराटले सचिनको कीर्तिमान तोड्ने सम्भावना छ । विराटले १४ हजार ८५ रन बनाएका छन् ।











प्रतिक्रिया