नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका लागि हालै अस्ट्रेलिया म्याट रोसलाई हेड कोचको रूपमा नियुक्ति गरिएको छ । उनी नेपाली राष्ट्रिय टोलीका लागि १९ औं विदेशी कोच हुन् । हालसम्म नेपाली टोलीलाई उपाधि दिलाउनमा दुई जना कोच मात्रै सफल भएका छन् । जसमा जर्मनीका जोकेन फिजले उनको नेतृत्वमा सन् १९८४ मा नेपाललाई दक्षिण एसियन गेम्सअन्तर्गत फुटबलमा उपाधि दिलाएका थिए । यसपछि झण्डै ३२ वर्षको अन्तरालमा जापानका कोजु ग्योतुकीले नेपाललाई एएफसी सोलिडारिटी कपको उपाधि दिलाए । नेपालले अहिलेसम्म एसियाली फुटबल महासंघअन्तर्गतको उपाधि जितेको नै पहिलो पटक हो ।
यस्तो छ विवरण :
१ रुद गुटेनदोर्फ (जर्मनी) १९८१-१९८६
एसियन गेम्स १९८२
२ जोकेन फिज (जर्मनी) १९८४–१९८५
दक्षिण एसियन गेम्स गोल्ड मेडलिस्ट १९८४
३ जोए किनीएर (अस्टे«लिया) १९८७
दक्षिण एसियन गेम्स १९८७ सिल्भर मेडलिस्ट
४ रेनहार्ड फाबिच (जर्मनी) १९८९
५ ओल्गर ओबेरम्यान (जर्मनी) १९९१–१९९३
दक्षिण एसियन गेम्स १९९३ ÷सार्क गोल्डकपमा तेस्रो
६ यू की हिउन्ग (दक्षिण कोरिया)
१९९८ एसियन गेम्स
७ टस्र्टन स्पिटलर (जर्मनी)
१९९९ साफ गोल्डकपमा चौथो
८ स्टेफेन कन्सटान्टीन (इंग्ल्यान्ड) १९९९–२००१
१९९९ दक्षिण एसियन गेम्समा ÷२००० एन्फा कोकाकोला आमन्त्रित प्रतियोगितामा (दुबैमा सिल्भर मेदल)
यू की हिउन्ग (दक्षिण कोरिया) २००३–२००५ (दोस्रो पटक)
२००३ साफ गोल्डकपमा समूह चरणबाटै बाहिरिएको
९ तोशिहिको शिओजावा (जापान) २००५–२००६
२००५ साफ गोल्डकप समूह चरणमै सीमित
१० श्याम थापा (भारत) २००६–२००७
२००६ एएफसी च्यालेन्ज कप सेमिफाइनल÷ २०१० फिफा विश्वकपको छनौट खेल खेलेको ।
११ थोमस फ्लाथ (जर्मनी) २००८
२००८ साफ च्याम्पियनसिपमा समूह चरणबाटै बाहिरिएको
१२ ग्राहम रोबर्ट्स (इंग्ल्यान्ड) २०११–२०१२
२०११ साफ च्याम्पियनसिप सेमिफाइनल, २०१२ एएफसी च्यालेन्ज कप समूह चरणबाटै बाहिरिएको, २०१४ फिफा वल्र्डकप पहिलो पटक दोस्रो चरण छनोटमा
१३ ज्याक स्टेफानोस्की (पोल्यान्ड) २०१३–२०१५
२०१३ को साफ च्याम्पियनसिप सेमिफाइनल, २०१४ एएफसी च्यालेन्ज कपमा छनौट हुन असफल, २०१८ फिफा वल्र्डकप छनोट चरणमै सीमित
१४ प्याट्रिक असेम्स (बेल्जियम) २०१५–२०१६
२०१५ साफ च्याम्पियनसिप समूह चरणबाट बाहिरिएको (३ खेलमै पराजित)
१५ कोजु ग्योतोकु (जापान) २०१६–२०१८
२०१६ एएफसी सोलिडारिटी कप विजेता (नेपालको पहिलो एएफसी उपाधि) १३ खेल (४ जित–५ बराबर–४ हार)
१६ योहान कलीन (स्विडेन) २०१९–२०२०
६ खेल (१ जित–२ बराबर–३ हार)
१७ अब्दुल्लाह अल मुताइरी (कुवेत) २०२१–२०२२
२०२१ साफ च्याम्पियनसिपमा रनरअप १८ खेल (५जित–२ बराबर–११हार)
१८ भिन्सेन्जो एनीज (इटाली) २०२३–२०२४
२०२३ साफ च्याम्पियनसिप समूह चरणबाटै बाहिरिएको
१० खेल (३ जित–३ बराबर–४ हार)
१९ म्याट रोस (अस्टे«लिया) २०२५–???











प्रतिक्रिया