किप्लिमोको हाफ म्याराथनमा नयाँ रेकर्ड

658
Shares

युगान्डाका ज्याकब किप्लिमोले हाफ म्याराथनमा पुनः नयाँ विश्व रेकर्ड रचेका छन् । २४ वर्षीय किप्लिमोले बार्सिलोना हाफ म्याराथनमा निर्धारित दूरी ५६ मिनेट ४२ सेकेन्डमा पूरा गरेर रेस जित्नुका साथै नयाँ विश्व रेकर्ड समेत बनाएका हुन ।

उनले इथियोपियाका योमिफ केजल्चाले गत अक्टोबरमा भ्यालेन्सियामा बनाएको ५७ :३० को पुरानो रेकर्डलाई ४८ सेकेन्डले उछिन्न सफल भए । यसअघि २१ नोभेम्बर २०२१ मा किप्लिमोले नै बनाएको ५७ ः३१ को रेकर्डलाई इथियोपियाका केजल्चाले ५७ ः३० ले उछिनेका थिए । जसको भिन्नता एक सेकेन्डको मात्र थियो ।

रेकर्ड राखेपछि किप्लिमोले बताए–“मैले बलियो सुरुवात गरे, राम्रो दौड चाहन्थें, तर मैले विश्व रेकर्ड तोड्ने आशा गरेको थिएन,” “जति जति किलोमिटर सकिँदै गयो मैले रेकर्ड गतिमा दौडिरहेको महसुस गरे, अनि मलाई जुनसुकै हालतमा पनि त्यो गतिलाई कायमै राख्नुपर्छ भन्ने लाग्यो ।”

तथ्यहरू :

—उनकोे पुरानो रेकर्ड सन् २०२१ देखि २०२४ सम्म कायम रहेको ।

— सन् २०२४ मा नेदरल्यान्ड्सको नाइमेजनमा १५ किमि रोड रेकर्ड ४०ः४२ बनाएको

—सन् २०२१ मा हाफ–म्याराथनको विश्व रेकर्ड ५७ ः३१ बनाउँदा १५ किमिको दूरीमा भने सुधार गर्दै ४०ः२७ मा पु¥याएको ।

—पछिल्लो पटक बार्सिलोनाको अनुकूल मौसमको पूर्ण फाइदा उठाउँदै १५ किमि दुरी पार गर्न ३९ ः४७ सेकेन्ड्स मात्र लगाएको ।

—रियो ओलम्पिक २०१६ मा १५ वर्षको उमेरमा ५ हजार मिटरमा डेब्यु गरेको थिए ।

—हाफ म्याराथनमा पछिल्ला १० विश्व रेकर्ड

५६ः४२ जेकब किप्लिमो (युगाण्डा) १६ फेब्रुअरी २०२५

५७ः३० योमिफ केजल्चा (इथियोपिया) २७ अक्टोबर २०२४

५७ः३१ जेकब किप्लिमो (युगाण्डा) २१ नोभेम्बर २०२१

५७ः३२ किबिवोट काण्डी (केन्या) ६ डिसेम्बर २०२०

५८ः०१ जफ्री कमवोरोर (केन्या) १५ सेप्टेम्बर २०१९

५८ः१८ अब्राहम किपटुम (केन्या) २८ अक्टोबर २०१८

५८ः२३ जर्सेने टाडेसे (एरिट्रिया) २१ मार्च २०१०

५८ः३३ सामुएल वञ्जीरू (केन्या) १७ मार्च २००७

५८ः५३ सामुएल वञ्जीरू (केन्या) ९ फेब्रुअरी २००७

५९ः०७ पोल मलाक्वेन कोस्गेई (केन्या) २ अप्रिल २००६