च्याम्पियन्स ट्रफी : भारत र अस्ट्रेलिया २-२ पटक च्याम्पियन

0
Shares

यही १९ फेबु्रवरी बुधबारदेखि पाकिस्तान र दुबईमा पुरुषतर्फको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । पछिल्लो पटक सन् २०१७ मा प्रतियोगिता आयोजना भएको थियो । अहिले करिब ८ वर्षको ग्यापपछि प्रतियोगिता पुनः संचालनमा ल्याएको हो ।

सन् २०१७ मा पाकिस्तान च्याम्पियन बनेको थियो भने यस संस्करणको आयोजक पनि पाकिस्तान नै हो । तर, भारत भने पाकिस्तानमा नखेल्ने भएपछि भारतको सबै खेल दुबईमा आयोजना हुनेछ ।

प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (वानडे) अन्तर्गत वरियतामा शीर्ष आठ रहेका टोलीले मात्रै सहभागिता जनाउनेछन् । जसमा, पछिल्लो संस्करणमा खेलेको र एक पटकको च्याम्पियन श्रीलंका भने यसपालि खेल्न पाएन । वरियतामा शीर्ष आठमा नपरेपछि श्रीलंका प्रतियोगितामा खेल्न नपाएको हो ।

यसपालि अफगानिस्तानले डेब्यु गर्दैछ । प्रतियोगितामा समूह ए मा आयोजक राष्ट्र पाकिस्तानसहित भारत, न्युजिल्यान्ड र बंगलादेश रहेका छन् । समूह बी मा अस्टे«लिया, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् । ९ मार्चसम्म चल्ने प्रतियोगितामा इंग्ल्यान्ड, बंगलादेश र अफगानिस्तानमध्ये एकले जितेमा मात्रै नयाँ च्याम्पियन टोली बन्नेछ ।

केही तथ्य :

—च्याम्पियन्स ट्रफीमा सबैभन्दा बढी भारत र अस्टे«लियाले २–२ पटक जितेको ।

—सन् २०१३ मा भारतीय टोलीले महेन्द्रसिंह धोनीको कप्तानीमा इंग्ल्यान्डलाई ५ रनले हराएर उपाधि जितेको ।

—यसअघि सन् २००२ मा सौरभ गांगुलीको कप्तानीमा श्रीलंकासँग संयुक्त विजेता बनेको ।

–अस्टे«लियाले सन् २००६ मा रिकी पोन्टिङको कप्तानीमा वेस्ट इन्डिजलाई ८ विकेटले हराएर उपाधि जितेको ।

—यसपछि सन् २००९ मा पनि पोन्टिङकै कप्तानीमा अस्टे«लियाले न्युजिल्यान्डलाई ६ विकेटले हराएर उपाधि जितेको ।

—रिकी पोन्टिङ दुई उपाधि जित्ने पहिलो कप्तान समेत बने ।

—दक्षिण अफ्रिका, श्रीलंका, न्युजिल्यान्ड, वेस्ट इन्डिज र पाकिस्तानले एक–एक पटक उपाधि जितेको ।

—इंग्ल्यान्ड भने च्याम्पियन बन्न सकेको छैन । सन् २००४ र २०१३ मा फाइनल पुगे पनि उपाधिबाट विमुख भएको ।

च्याम्पियन र उपविजेता टोलीहरू