खानालाई पिरो बनाउने खुर्सानी स्वास्थ्यवद्र्धक पनि

1.69k
Shares

नेपाली खानामा खुर्सानीको मुख्य स्थान रहेको छ । यसले खानाको स्वाद पिरो बनाउनुका साथै अझै स्वादिलो बनाउन मद्दत गर्छ । खुर्सानी स्वास्थ्यको लागि राम्रै हुन्छ ।

हरियो, रातो, पहेंलो र बैजनी गरी धेरै रंग र धेरै प्रकारमा पाइने भएता पनि भान्छामा प्रायः हरियो र रातो गरी दुई किसिमको खुर्सानी प्रयोग गरिएको हुन्छ । रातो खुर्सानी धुलोको रूपमा बढी प्रयोग हुने गरेको छ भने हरियो अर्थात् काँचो खुर्सानी अचारमा वा खानासँग यसै टोकेर खाने गरिन्छ । हरियो र रातो खुर्सानी दुबैमा पोषक तत्व हुन्छ, तर गुण फरक फरक हुन्छन् ।

खुर्सानीका फाइदाहरू

-हरियो खुर्सानी एन्टिअक्सिडेन्टले भरिएको हुन्छ र यसमा क्यालोरी कम हुन्छ । यसले शरीरको तौल घटाउन पनि मद्दत गर्छ ।

-हरियो खुर्सानी खानाले शरीरमा पोषक तत्व प्रदान गर्नुका साथै यसमा भिटामिन र प्राकृतिक तत्वहरू रहेका हुन्छन् ।

-डायबिटिज भएका व्यक्तिहरूले पनि हरियो खुर्सानी खान मिल्छ, तर पेटसम्बन्धी समस्या भएकाहरूको लागि भने हरियो खुर्सानी नखाँदै राम्रो हुन्छ ।

-यसमा रहेको भिटामिन सीले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ ।

-पाचन सुधारको लागि पनि यो सहयोगी हुन्छ । किनभने यो फाइबरले भरिएको हुन्छ, जसले पाचन क्रियालाई सुचारू राख्छ ।

-मधुमेह नियन्त्रणको लागि पनि यो सहयोगी हुन्छ ।

-हरियो खुर्सानी धेरै खाएमा पेटमा पोल्ने गर्छ । कसै कसैलाई यसले एलर्जी वा छालामा जलन गर्छ ।

-रातो खुर्सानीको धुलोले मेटाबोलिज्म बढाउन मद्दत गर्छ । यसमा रहेको क्याप्सासिन सुगर लेभललाई नियन्त्रण गर्न सहायक हुन्छ ।

-यसले ब्लड सर्कुलेसन बढाउन मद्दत गर्छ ।

-रातो खुर्सानी धेरै खाएमा भने यसले पेटमा समस्या ल्याउँछ ।