काठमाडौं ।
नेपाली बजारमा आज बिहिबार एकैदिन सुनको मूल्य २३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सबढेर प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ८ सय रुपैयाँमा कायम भएको छ।
यसअघि बुधबार सुन तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बिहिबार चाँदीको भाउ पनि बढेको छ ।
आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।











प्रतिक्रिया