शंखरापुरमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु


काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ मा स्कुल बस दुर्घटना भएको छ ।

नगरकोट पिकनिक गएर आउँदै गरेको चाबहिलको एसएस एकेडेमीको बा२ख ७९५८ नम्बरकाे बस शंकरापुर नगरपालिका ५ कतिके भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दुर्घटनामा परी दुई जना विद्यार्थीको मृत्यु भएको छ भने अन्य घाइतेहरूको उपचार भइरहेको छ। बसमा ३९ जना विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ। घट्नाको थप विवरण आउन बाँकी छ ।