उपरथी ढकालले सम्हाले राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकको जिम्मेवारी


काठमाडाैं ।

नेपाली सेनाका उपरथी याम प्रसाद ढकाल (अ.प्रा.)ले राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकको जिम्मेवारी सम्हालेका छन् ।

उपरथी ढकालले आजदेखि कार्यकारी महानिर्देशकको जिम्मेवारी सम्हालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

गत १५ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले उनको नियुक्ति गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्काे निर्णय सार्वजनिक गर्दै उनको नियुक्तिबारे जानकारी दिएका दिएका थिए ।