काठमाडौं ।
जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीश दयाराम ढकालको इजलासले लगातार दुई दिनको सुनुवाइपछि बिहीबार रविसँग धरौटी माग गर्ने आदेश दिएको हो। अदालतले माग गरेको धरौटी बुझाए लामिछाने आजै रिहा हुनेछन्। बुधबार बयान सकिए पनि थुनछेक बहस नसकिँदा रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको थियो।
यसअघि लामिछाने रुपन्देहीमा एक करोड, काठमाडौंमा ६० लाख र कास्कीमा ६५ करोड धरौटीमा छुटेका थिए।
लामिछानेसहित २७ जना र ६ वटा संस्थाविरूद्ध सहारा बहुउद्देश्यीय सहकारी संस्थाको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको ठहरसहित मुद्दा दायर भएको थियो। चितवनमा अन्य व्यक्तिलाई संगठित अपराध अन्तर्गतसमेत मुद्दा दायर गरिएकोमा लामिछानेलाई ठगी मुद्दा मात्रै दायर गरिएको थियो।











प्रतिक्रिया