करोड मागेको आरोप प्रमाणित गर्न लुम्बिनी प्रदेशका संसद दिपेन्द्र कुमार पुन सिजललाई चुनौती


रोल्पा ।

त्रिवेणी गाउँपालिकाले चुनढुङ्गा उत्खनन विषयमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई लगाएको आरोप प्रति प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनले प्रदेश सभामा त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई चुनाव खर्च उठाउने नाममा २ करोड रुपैया मागेको भनेर लगाएको आरोप त्रिवेणी गाउँपालिकाले प्रमाणित गर्न चुनौती दिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘लुम्बिनी प्रदेश रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं ३ रानागाउँमा संचालित रोल्पा चुनढुङ्गा प्रालि र शिवश्वरुप खनिज उद्योग प्रालि हरुले उत्खनन गरिरहेको खानी उत्खननको विषयलाई लिएर रानागाउँका बासिन्दाहरुले विभिन्न मागहरु राखेर विगत केहि समय यता आन्दोलनरत छन् ।

पटक पटक वडा तथा गाउँपालिकामा निवेदन दिएको र आफुहरु उद्योगीहरुबाट पिडित भएको आज भन्दा झण्डै ३ बर्ष पहिले उद्योगीले १० महिना भित्र आफ्नो जग्गाहरु किनिदिने भनेर वयाना लगाएको र आफ्नो बारीबाट सडक खन्दा खेति योग्य जमिन खण्डहर भएको, खानीबाट निस्किएको धुलो धुवा, एक्साभेटरको आवाजद्वारा बस्न लायक नभएको, बालबालिकाहरुलाई पढाइमा असर भएको भनेर आवाज उठाइ रहेको व्यहोरा सबैमा अवगत नै छ । खानी संचालन गर्दा खानी विभाग सँग गरि

एका ३० बुँदा कार्यान्वयन गर्न हामी प्रतिनिधिहरुको नाताले पटक पटक वार्ता सम्बाद भयो उद्योगी पिएल संघाइसँग समेत ध्यानाकर्षण पालिका सर्वदलीय निर्णय वार्ता संवाद गरियो । कुनैपनि निर्णय कार्यान्वयन गर्नुको साटो विषयवस्तुको समाधान गर्नु भन्दा रोल्पा जिल्ला प्रदेश सभा २ ख का संसद दिपेन्द्र कुमार पुन ले ०८१ माघ २२ गते प्रदेश सभामा गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा र उपाध्यक्ष लेखमणी डाँगीले चुनाव खर्च उठाउने नाममा २ करोड रुपैयाँ मागेको भनेर हाम्रो चरित्र हत्या गर्ने मानहानी गर्ने, त्रिवेणी बासी जनताको अपमान गर्ने काम गरेको कुराले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यस प्रकारको कपोल कल्पित भ्रामक अभिव्यक्तिको घोर निन्दा एवं भ्रत्सना गर्दछौँ । हामीले उद्योगीबाट दुई करोड रुपैयाँ मागेको प्रमाण जनता र सम्बन्धित निकायमा पेश गर्न चुनौती दिन्छौँ । अन्यथा चरित्र हत्या गर्ने मान मर्यादा गर्ने सर्वसाधारण जनताको मागको व्यवास्ता गरेर दलालहरुको पक्षमा वकालत गर्ने एक जिम्मेवार पदमा बसेको व्यक्तिले जनताको आवाज उठाउनुको सट्टा उल्टै विषयलाई अन्यत्रै मोडेर थप जटिलतामा पुर्याउने जिम्मेवार हुनुपर्ने कुरा समेत यस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउन चाहन्छौँ ।

अन्तमा मिथ्या, कपोकल्पित, भ्रामक र बदनाम गर्ने खालको अभिव्यक्तिबाट आम जनसमुदाय विचलित नहुन तथा त्रिवेणी गाउँपालिकाको जनताको हितमा जीवन उत्सर्ग गर्न सधैँ तत्पर रहेको व्यहोरा जानकारी गराउँदै पिडित जनताको आन्दोलनलाई हार्दिक समर्थन गर्दै पुर्व मन्त्री एबम प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार पुनले दिएको असान्दर्भिक अभिव्यक्तिको घोर भ्रत्सना गर्दछौं विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।